दमकमा ६ लाख २२ हजार २८० रुपिया घुस र श्रोत नखुलेको पैसासंगै कार्यालय प्रमुख सहित ३ जना सिनियर कर्मचारी पक्राउ
अख्तियारको यस्तो छ बिज्ञप्ति
ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई, झापामा कार्यरत आयोजना व्यवस्थापक (सि.डि.ई.) हुतराज चौहान, इन्जिनियर रविन्द्र कुमार शर्मा र लेखापाल हिमाल पौडेल रु. ४,००,०००/- घुस रकम र स्रोत नखुलेको रु. २,२२,२८०।- सहित नियन्त्रणमा।
प्रेस विज्ञप्ति:- मिति २०८०।०३।०५ गते ।
—————————————————-
ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई, झापामा कार्यरत आयोजना व्यवस्थापक (सि.डि.ई.) हुतराज चौहान, इन्जिनियर रविन्द्र कुमार शर्मा र लेखापाल हिमाल पौडेलले सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निजहरु आयोजना व्यवस्थापक (सि.डि.ई.) हुतराज चौहान, इन्जिनियर रविन्द्र कुमार शर्मा र लेखापाल हिमाल पौडेललाई सेवाग्राहीबाट रु.४,००,०००।–(चार लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र स्रोत नखुलेको नगद रु. २,२२,२८०।– (दुई लाख बाइस हजार दुई सय असी रुपैयाँ) गरी जम्मा रु. ६,२२,२८०।- सहित मिति २०८०।०३।०५ गते ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई झापाको कार्यालय परिसरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

