साहित्य क्षेत्रमा बहुप्रतिभाशाली दमकेली धनकुटे कान्छालाइ उत्कृष्ट भाषा, साहित्यसेवी पुरस्कार तथा सम्मान
दमक/ दमक निवासी साहित्यकार शंकर चापागाइँ ( धनकुटे कान्छा) कोशी प्रदेश सरकारबाट नगद ५०,००० हजार राशीको पुरस्कारबाट सम्मानित भएका छन ।
प्रदेश सरकारले प्रदान गर्ने उत्कृष्ट भाषा, साहित्यसेवी पुरस्कार तथा सम्मानबाट चापागाइँ सम्मानित भएका हुन । उनलाई प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले नगद रु ५०,००० सहित दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो । प्रदेश सरकार मुख्यमन्त्रीको कार्यालय विराटनगरको सभाहलमा आयोजित एक कार्यक्रममा स्रष्टाहरुलाई सम्मान गरिएको थियो ।
साहित्यकार धनकुटे कान्छा ३ दशक अघिदेखि भाषा,साहित्य,कला,संस्कृतिको क्षेत्रमा क्रियाशील छन । उनको लाशमाथि एउटा बच्चा ( गजल संग्रह २०५८ ) अक्षरहरु आमा र देश ( कविता संग्रह २०६० ) , डायस्पारिक नोष्टाल्जिया ( गजल संग्रह २०६८ ) , इतिहास निफनेर ( कविता संग्रह २०७४ ,दोस्रो संस्करण २०७५ ), दमक दर्पण ( २०७५ ) लगायतका कृतिहरु प्रकाशित छन्।
उनले दर्जनौँ कृतिहरुको सम्पादन गरेका छन् भने दर्जनौँ संघ, संस्थाको नेतृत्वसमेत गरेका छन्। । उनी धेरै प्रजातीका चराको आवाज निकाल्ने कलामा समेत अब्बल छ । लेखन तथा सिर्जनशील अभियानमा निरन्तर सक्रिय धनकुटेलाई निष्कर्ष न्यूजका तर्फबाट समेत हार्दिक बधाई शुभकामना व्यक्त गर्दछौं ।


