२०८३ बैशाख ८, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

दमक/ झापाको शिवसताक्षी नगरपालिका– १० टेक्रास्थित माई खोलामा एक युवतीको शव फेला परेको छ । बुधबार  विहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । माई खोलामा दाउरा झिक्न गएका स्थानीयले दाउरा सम्झेर युवतीको शव समाएका थिए ।

सो शव इलाम माई नगरपालिका ८ इलाम घर भएकी १६ बर्षिया रमिला शर्पाको भएको खुल्न आएको छ । इलाम माई नगरपालिका ८ बाट मंगलवार विहानबाट ती युवती हराएकी थिइन् । खेलाडीकै जर्सीमा रहेकी युवतीको शव हराएको स्थानबाट झण्डै १५ किलोमिटर दक्षिण फेला परेको हो । मृतकको शवलाई पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।-टाइम्सअफप्रदेशबाट