उफ् ! विहानै आयो अत्यन्त दुखद खबर- एउटै मोटरसाइकलमा सवार ३ जनाको मृत्यु
सुनसरीको इटहरीमा शुक्रबार राति १०ः४० बजेको समयमा पिकअप गाडी र मोटरसाइकल ठोकिँदा तीन जनाको मृत्यु भएको छ। चारजना चढेको मोटरसाइकल र भारतीय नम्बरको पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर छ।
मृत्यु हुनेमा इटहरी– १६ का २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरी र २६ वर्षीय करण चौधरी रहेको सुनसरी प्रहरीले जनाएको छ। तीनै जनाको बिपी स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका प्रेमलाल चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ।
पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ को पिकअपसँग पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको थियो।
चारजनामध्ये को चालक हो भन्ने प्रहरीले यकिन गरेको छैन। उक्त मोटरसाइकल भने शम्भु चौधरीको नाममा दर्ता भएको ट्राफिक महाशाखा रामशाहपथले जनाएको छ। पिकअप चालक भारत दार्जीलिङ फोडिगढी बस्ने ३२ वर्षीय गोविन्द वरमुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

