दमकको भ्यू टावर परिसरमा करेन्ट लागेर एकजनाको मृत्यु
दमक/ झापाको दमकमा निर्माणाधिन भ्यू टावरमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा भ्यू टावरमा नै काम गर्ने एक ईलोक्ट्रोसियन रहेको जनाईएको छ ।
बारा घर भएका ३२ बर्षिय ईलोक्ट्रोसियनको विहिबार करेन्ट लागेर मृत्यु भएको र शुक्रबार आफन्तले शव बुझेर लगेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

