२०८३ बैशाख ८, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

दमक/ झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले क्वाटरमा एक युवती लगेर अनैतिक कृयाकलाप गरेको भन्दै आरोप लागिरहेको समयमा क्वाटरको उक्त कोठामा रंगरोगन गरेपछि विवाद सिर्जना भएको छ । निरौला केहि महिनाअघि मात्र दमक नगरपालिका आएका थिए ।

सामाजिक सञ्जाल (टिकटकलाइभ)मा आएको भिडियोमा एक युवतीका साथमा निरौला देखिएकाछन् । निरौलाले टिकटक लाइभमा रहेकी युवतीको गालामा चुम्बन गरेको देख्न सकिन्छ । त्यसपछि  युवतीले निरौलालाई श्रीमान् भएको बताएकीछन् । उक्त भिडियोमा दमक नगरपालिका परिसरमा रहेको क्वाटरको कोठा ( बेडरुम) देखिएको छ । उक्त कोठामा घटना बाहिर आएपछि रंगरोगन भएको छ । क्वार्टरको बेडरुमको रंग परिवर्तन भएपछि यस बिषयमा थप आलोचना शुरु भएको छ ।

टिकटक भिडियो लाइभमा देखिएको हरियो रंग बदलेर उनले कोठामा पहेँलो रंग लगाईएको छ । घटनाको बिषयमा तिब्र आलोचना भएपनि नगरपालिकाले आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको छैन । निरौला विहान नगरपालिका परिसरबाट निस्केको र सम्पर्कमा नरहेको नगरपालिका श्रोतको भनाई रहेको छ ।