२०८३ बैशाख ८, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

दमक/ झापाको दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको क्वाटरमा भएको भनिएको अश्लिल गतिविधि तथा मदिराको प्रयोगको बिषयमा आन्तरिक रुपमा छानविन गर्न नगर उपप्रमुख रेगिना भट्टराई (प्रशाई)को संयोजकत्वमा समिति बनेको बताईएको छ । अधिकाँश कार्यापालिका सदस्यहरुले नगर प्रमुख रामकुमार थापालाई कार्यपालिका बैठक बोलाएर घटनाको बिषयमा छलफल गरेर छानविन समिति बनाउन माग राख्दै आएका थिए ।

आज मंगलवार विहान बसेको कार्यापालिका बैठकले उपप्रमुख भट्टराईको संयोजकत्वमा समिति बनाएको हो । एक कार्यपालिका सदस्यका अनुसार समितिले क्वाटरको दुरुपयोगको बिषयमा छानविन गरी प्रतिवेदन बुझाउने छ । कार्यापालिका बैठकमा क्वाटरसम्म रक्सि पुगेको बिषय, त्यहाँसम्म महिलाको पहुँच पुगेको बिषयमा कुरा उठाएको जनाईएको छ ।

दूईसाता भित्रमा समितिले प्रतिवेदन बुझाउने छ । समितिको सदस्यहरुमा शारदा सापकोटा भट्टराई , धर्मराज दाहाल (दिपेश), कुवेर भट्टराई र राजेन्द्र भण्डारी रहेकाछन् । नगरपालिका परिसरभित्रको क्वाटरमा मदिरा पुर्याउनेदेखि लिएर त्यसभित्रका बिविधि बिषयहरुमा छानविन हुनुपर्ने बिषयमा कार्यपालिका सदस्यहरु एकमत भएको बताइन्छ ।

प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलासंग एक युवतीले टिकटक लाइभ गरेको भिडियो सार्वजनिक भएपछि यसले तंरग मच्चाएको छ । उक्त भिडियो नगरपालिका परिसरभित्रको क्वाटरको रहेको भनिएपछि त्यहाँ रंग परिवर्तन गरिएको छ । प्रमुख प्रशासकीय अधिकृतलाई सामान्य प्रशासन मन्त्रालयले २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन परिपत्र गरिसकेको छ ।