२०८३ बैशाख ८, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

झापा : जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको छ । झडपका क्रममा आगलागी समेत भएको छ । कैदीबन्दीबीच सरुवाको विषयलाई लिएर झडप भएको बुझिएको छ ।

झडपका क्रममा कारागारभित्र आगलागी समेत भएको छ । आगो निभाउनका लागि दकमल परिचालन गरिएको छ । कारागारभित्र ढुंगा हानाहान भइरहेको छ। बाहिर क्षेत्रमा धुँवा देखिएको छ।

कारागारमा रहेका कैदी मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारका कैदीवन्दीहरु आन्दोलनमा उत्रिएका हुन्।  अहिले कारागार परिसरमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । -अन्नपुर्णबाट