२०८१ जेष्ठ १२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता १० महिना अगाडि

केही कुरामा ब्यवस्थापकीय सुधारको प्रयास

विष्णुप्रसाद पोखरेल

मैले जे देखे त्यहि लेखेँ

दमक/ झापाको दमकस्थित सरकारी दमक अस्पताल । नेपाल सरकारको स्वास्थ्य बिमा अन्र्तगत जाँच र उपचार हुने माईवारी क्षेत्रकै ठुलो अस्पताल । सिमित श्रोध साधन र जनशक्तिले अस्पताल चलेर हुनसक्छ समस्या त धेरै नै देखिन्छन् । तर कतिपय समस्या सामधानका लागि प्रयास गर्दा उपचारमा सहजता आउनसक्ला ।

दमक अस्पताल क्षमताको हिसावले १५ बेडको भएपनि १ सय बेडभन्दा ठुलो अस्पतालको रुपमा सेवा प्रदान गरिरहेको छ । बेथिति र अब्यवस्थाको यो चाङ नै देखिन्छन् । तर सुधारका केही प्रयास पनि देखिएकाछन् । अहिले विरामीको लाइनलाई ब्यवस्थित गर्न बस्ने ठाँउ बनाईएको छ । विरामीले चिकित्सक पर्खदा लाइनमा बस्दाका लागि पङ्खाहरुको ब्यवस्थापन गरिएको देखियो । पहिला जस्तो विरामी गर्मीले थप विरामी हुने अवस्था भने थिएन ।

तर जेष्ठ नागरिकहरु भने बिजोग नै देखियो । कतिपय जेष्ठ बुबाआमाले आफ्नो समस्या राखेर चिकित्सक भेटन आग्रह गर्दा ढोकामा बसेकी अस्पतालकी एक कर्मचारीले गरेको ब्यवहार भने लाजमर्दो थियो । उनि चरचरी बाँझ्दै थिईन् । रुखो शब्दमा हात हल्लाइहल्लाई हप्काइरहेकी थिइन् । १५ मिनेट त्यहाँ उभिएर रमिता हेर्दा विरक्त लाग्यो । उनको लाजमर्दो ब्यवहार थियो ।

कमसेकम टोकन प्रणाली शुरु गर्ने हो भने, जेष्ठ नागरिकका लागि विशेष ब्यवस्था गरेर छिटो चिकित्सक भेट्ने ब्यवस्था मिलाउने हो भने यो देखिन्न थियो होला । जेष्ठलाई सकेसम्म लाइन र जाँचका लागि लामो समय बस्नु नपर्ने ब्यवस्था गर्नु जायज होला । नगरपालिकाको नीति तथा कार्यक्रममा जेष्ठ नागरिकका लागि सहज उपचार र दमक अस्पतालमा टोकन प्रणाली लागु गर्ने बिषय पनि पास भएको थियो । मैले त्यहि सम्झे तर त्यहाँ देखिन ।

अस्पतालमा केही सुधार र राम्रा पक्ष पनि देखिए । अस्पताल ब्यवस्थापन समिति पनि बनेको छ । अस्पतालमा वालरोग विशेषज्ञ सहित अन्य विशेषज्ञ थप भएकाछन् । जनशक्ति थपिएको छ । ‘मोडुलर अप्रेसन थिएटर’ बनिरहेको छ । ब्यवस्थापकीय कामहरु पनि केही भए गरेका देखिन्छन् । अस्पतालमा थेगिनसक्नुको भिड भएकाले पनि अस्तब्यस्त देखिनु त स्वभाविक नै होला । तर अस्पतालका कर्मचारीले गर्ने ब्यवहार र काउण्टर तथा लाइन ब्यवस्थित गर्न नसकिएको देखियो ।

जाँच तथा उपचारका लागि आएको विरामीले आफुले सबै आवश्यकता अनुसारको जाँच, रिर्पोट र फेरी रिर्पोट चिकित्सकलाई देखाउन अहिले पनि ३ दिनसम्म लागेको धेरै विरामीहरुले गुनासो गरेको भेटियो । यस बिषयमा गम्भिर हुनुपर्छ । विहान ६ बजेदेखि लाइनमा बसेको विरामीले कमसेकम बेलुकासम्ममा सेवा पाएर घर फर्कन पाउने अवस्था ल्याउनुपर्छ ।

अस्पतालमा अहिलेसम्म हेल्प डेक्स तथा साहयता कक्ष बनाएर अस्पतालमा आउने विरामीहरुलाई सहयोग गरेको देखिन्न । धेरै विरामीहरु आफुले देखाउन खोजेको डाक्टर र डाक्टरको क्याविन नदेखेर भौतारिरहेको पनि देखियो । कुन कोठामा को डाक्टर बस्नुहुन्छ र त्यो कहाँ कुन तलामा पर्छ भनेर एउटा ठुलो बोर्ड वा डिजिटल बोर्ड पनि राख्न सकिएला । ल्यावमा पनि अति अशक्त र अति जेष्ठ नागरिकहरुलाई लाइन नबस्ने ब्यवस्था मिलाउन सक्नुपर्छ ।

अस्पताल र अस्पतालसंग सम्बन्धित भएको गुनासो तत्काल विरामीले सुनाउनुपर्यो भने गुनासो सुन्ने अधिकारीको पनि ब्यवस्थापन गर्नु पर्छजस्तो लाग्छ । जो अस्पतालमा सहज रुपमा भेटिन सकोस । अस्पताल औपचारिक रुपमा क्षमताको हिसावले सानो होला तर विरामीको चापको हिसावले निक्कै ठुलो भएको छ । यसले गर्दा अब यस्ता बिषयमा ध्यान दिएको राम्रो होला भन्ने लाग्छ ।