दमक चोकमा राजमार्ग चौडा भएपछि बत्ति बल्छ-राम थापा
बिष्णुप्रसाद पोखरेल
दमक/ दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले बत्ति बलेको नदेख्ने तर कहाँ नबलेको छ भनेर हेर्दै गएर त्यो मात्र देखेर नकारत्मकमात्र चर्चा गरिने गरेको बताएकाछन् । दमक चोकमा राजमार्ग ठुलो बनेपछि बत्तिको ब्यवस्थापन हुने जनाउदै दमक चोकमा त्यहि भएर बत्ति नराखिएको जनाए ।
दमक चोकमा राखिएका सडकबत्तिहरु नबलेको र यसले अपराधिक गतिविधि बढ्ने तथा दुर्घटना हुने सम्भावाना बढेको भन्दै आलोचना भइरहेका बेला नगर प्रमुख थापाको यस्तो धारणा बाहिर आएको हो ।
दमक उद्योग बाणिज्य संघले आफ्नो बार्षिकोत्सवको अवसरमा बुधबार आयोजना गरेको फुटशल कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो जनाएकाहुन् । रतुवाखोला देखि मावासम्म सढक बत्ति लगाउने बजेट अन्यत्र लगिएको छ ।
सडक विस्तार हुँदा सडक बत्तिसंग संगै हुने भएकाले योजना अन्यत्र सारिएको उनको भनाइ थियो । पशु्हाटदेखि फन पार्कसम्म ९१ लाखको लागतमा बत्ति ब्यवस्थापन गरेको नदेख्ने तर चोकमा बत्ति बलेन भनेर विरोध गर्न कार्यमात्र भएको छ, उनले थपे ।
आफु दमक बनाउने अभियानमा लागेको जनाउदै थापाले दमकलाई १ बर्षभित्रमा लागुऔषध मुक्त बनाउने र यो समस्या निमिट्यान्न बनाउने पनि दाबी गरे । अब हामी दमकमा लागुऔषध पनि निमिट्यान्न बनाउछौ, उनले भने ।
दमकको ट्राफिक ब्यवस्थापनको काम शुरु भएको जनाउदै एकातर्फी पार्किङको सुझाव दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले दिएको र त्यो राम्रो लागेर कार्यन्वयन गरेको पनि थापाले बताएकाछन् ।
ट्राफिक ब्यवस्थापन कसरी गर्न सकिन्छ भनेर मेरो ठुलो चिन्ता थियो तर उहाँको सुझावले अहिले ट्राफिक ब्यवस्थापनका लागि महत्वपुर्ण पार्किङको समस्या सामधानतर्फ लागेका छौ, थापाले भने ।

