कता हराए ? दमकका डा.प्रज्वल, अझै भेटिएनन्
दमक/ आइतवारदेखि हराइरहेका दमक वडा नं. १ का डा.प्रज्वल कोइरालाको अवस्था अझै पनि अज्ञात बनेको छ । आईतवार बेलुकादेखि उनि बेपत्ता रहेकाछन् । सोमबार विहान १ बजे सुनसरी र उदयपुरको सिमामा चतरापुल (कोशी ) मा देखिएका उनि त्यसपछि सम्पर्क विहीन रहेकाछन् ।
हराएको ५ दिन भइसक्दा पनि कोशी नदीको पुल छेउमा गाडी छोडेर बेपत्ता भएका सर्जन डा. कोइरालाको अवस्था अझै अज्ञात छ । सिसि क्यामेरा फुटेजमा उनि पुलको एकछेउमा टोलाएको देखिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रभुप्रसाद ढकालले कोइरालाको अवस्था अझै अज्ञात रहेको जानकारी दिए। प्रहरीले उनको खोजी कार्य गरिरहेको छ । सप्तकोशी खोला आसपासमा र गोताखोर मार्फत खोलामा समेत खोजिएको छ । केही पत्तो पाएका छैनौ, ढकालले भने ।
केही बर्ष अघिदेखि दमकस्थित लाइफलाइन अस्पतालमा कर्यरत रहेका कोइराला पछिल्लो समय मदन भण्डारी ट्रमा सेन्टर, उर्लावारीमा जनरल सर्जनको रूपमा कार्यरत थिए।

