झापाको दमकमा दिनदहाडै सुन चोरी
दमक/ झापाको दमकमा आज दिनदहाडै सुन चोरी भएको छ । दमक ६ स्थित कृष्ण ज्वलेरीमा विहीबार दिउसो १ बजे एक महिलाले एकतोला सुन चोरी गरेको पाईएको हो ।
सुन हेर्ने वहानमा आएकी एक अधबैशे महिलाले सुन चोरेको सिसि क्यामेरा फुटेजमा देखिएको छ । गल्लाबाट उनले पसल मालिक अर्कातिर फर्केको बेला सुन झिकेको देखिन्छ ।

https://www.facebook.com/prabhabkarikhabar/videos/1337195373649323

