२०८३ बैशाख ४, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापा दमक १ का डा. प्रज्वल कोइराला ९ दिनदेखि सम्पर्क विहीन अवस्थामा रहेकाछन् । उनको बिषयमा कुनै अत्तोपत्तो छैन । गत आइतवार बेलुकी ड्युटी सकेर हिडेका उनको सवारी साधन चतराको पुलपारी सोमबार विहान फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र उदयपुरले प्रहरी परिचालन गरेर खोजी गरिरहेको जनाएको छ । गोताखोरको टोलीले २ दिनसम्म  कोशी खोलामा पनि खोजेको थियो । सिसि क्यामेरा फुटेजमा उनि चतराको पुलमा यता उता गरेको र खोलामा टहलाएको देखिन्छ ।

आफ्नो मोवायल, जुत्ता उनले गाडि र पुलमा नै छाडेका थिए । प्रहरी श्रोतका अनुसार अन्तिम समयमा उनका प्रेमी भनिएकी एक युवतीसंग कुराकानी भएको देखिन्छ । ति युवतीसंग बयान लिँदा दूईजनाबीच प्रेम भएको समेत पाईएको छ ।

बेपत्ता भएको ९ दिन वितिसक्दा पनि डा.कोइरालाको अवस्था अझै अज्ञात भएपछि परिवार, आफन्त र साथीभाइ पनि अन्योलमा रहेकाछन् । कि सास कि लाश फेला परेपनि एक प्रकारले ढुक्क हुन्थ्यो, उनका एक साथीले भने । अहिले नै आउछ होला जस्तो पनि लाग्छ तर के गर्नु कहि कतै सम्पर्क छैन, उनले भने ।

कसैकसैले आत्महत्या गर्यो होला भन्दा मन चसक्क दुख्ने गरेको उनका निकट साथीभाइहरुले बताउने गरेकाछन् । पुलबाट हामफालेर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक रुपमा आंशका गर्दै खोजी कार्य तिब्र बनाइएपनि केही अत्तोपत्तो नलागेको प्रहरीले जनाउदै आएको छ ।

मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा जनरल सर्जनको रुपमा कार्यरत उनि दमकको लाइफलाइन अस्पतालमा ३ बर्षभन्दा बढि काम गरेका थिए । उनि केहीदिन अघि देखि विचलित देखिने गरेको उनि निकटस्थहरुले बताएकाछन् ।