२०८३ बैशाख ४, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

दमक/ देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सका ग्राहक आठ लाख नाघेका छन् ।। २८ वर्षअघि स्थापना भएको वल्डलिङ्कले आठ लाख ग्राहक नघाएको हो ।

 ” सबैलाई जहाँपनि सधै जोडने ” लक्ष्य सहति डिजिटल नेपालको भविष्य सुनौलो बनाउन निरन्तर लागि परेको वर्ल्डलिङ्कको भनाइ छ । कम्पनीले आफ्नो इन्टरनेट सेवा सातै प्रदेशका ७३ जिल्लामा विस्तार गरिसकेको छ ।

वल्डलिङ्कका अधिकृत राजन तिम्सिनाका अनुसार कोशी प्रदेश सहित देशभर ग्राहकसंख्या बढिरहेकाछन् । ग्राहकले गरेको विश्वासप्रति हामी सधै आभारी छौ र थप प्रभावकारी रुपमा सेवालाई अघि बढाउदै लैजान्छौ, उनले भने ।