२०८३ बैशाख ४, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

दमक/ सिलिण्डर ग्याँसको पाइपबाट ग्याँस चुहिएर आज झापाको दमक ६ स्थित एक क्याफेमा आगलागी भएको छ । आज शनिबार बिहान करिब साढे ८ बजे त्यहाँस्थित जाबा क्याफेमा आगलागी भएको हो ।

आगलागीका कारण त्यहाँ रहेका तीन वटा फ्रिज , एउटा ओभन र किचनमा रहेका अन्य सरसामानहरु जल्दा लाखौं बराबरको धनमाल नोक्सान भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

क्षतिको यकिन विवरण आउन बाँकी छ । आगलागी दमक नगरपालिकाको वारुण यन्त्र र इलाका प्रहरी कार्यालय दमकको टोलीले करीब एक घण्टापछि निभाएको थियो ।