दमकमा भएको गोविन्द लिम्बुको हत्याको कारण सामान्य बादबिवाद ! मुख्य अभियुक्त फरार
दमक/ झापाको दमकमा शुक्रबार विहान भएको एक युवाको हत्यामा संलग्न भएका मुख्य अभियुक्त पक्राउ पर्न सकेका छैनन् । चुलाचुली गाउँपालिका– ३ निवासी ३८ वर्षीय गोविन्द लिम्बुको शुक्रबार विहान साथी–साथीबीच भएको विवादको क्रममा हत्या भएको थियो ।
प्रहरीले घटनामा संलग्न रहेको आंशका र सोधपुछका लागि ८ जनालाई पक्राउ गरेको जनाईएको छ । मुख्य अभियुक्त भने पक्राउ परेका छैनन् । धारिलो हतियार प्रयोग गर्ने ब्याक्ति मोटरसाइकल चढेर घटनास्थलबाट फरार रहेका थिए ।
सामान्य बादविवाद मात्र भएको भन्ने अहिलेसम्मको अनुसन्धानबाट खुलेको प्रहरी श्रोतको भनाई छ । प्रहरीले मुख्य अभियुक्तको खोजतलास तिब्र बनाएको दाबी गरिएको छ ।
दमक १ स्थित कुमाल चौक रुबल माछा फ्राईमा शुक्रवार बिहान ३ बजे भएको साथी/साथीको सामान्य झगडामा छुट्याउने क्रममा लिम्बुमाथि हतियार प्रयोग भएको बताइएको छ ।

