२०८३ बैशाख ४, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

दमक/ तीनदिन अघि झापाको दमकमा हत्या भएका ईलाम चुलाचुलीका गोविन्द लिम्बुको बिभत्स हत्यामा संलग्न रहेका भनिएका प्रमुख अभियुक्त सनम राईलाई प्रहरीले पक्राउ गरेको छ ।

३ दिनपछि प्रहरीले मुख्य अभियुक्त भनिएका राईलाई पक्राउ गरेको जनाएको छ । प्रहरी श्रोतका अनुसार धारिलो हतियार प्रयोग गर्ने राई र उनका अर्का एक साथीलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

यसभन्दा अघि प्रहरीले ८ जनालाई नियण्त्रणमा लिएर सोधपुछ गरेको थियो । राई घटनापछि फरार रहेका थिए । सामान्य बिबादको क्रममा लिम्बुको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी श्रोतको भनाई छ ।