२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

भद्रपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका-१ निवासी ५१ वर्षीय योगप्रसाद लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए  ।

बुधबार बेलुका ७ बजेको समयमा मेची राजमार्ग अन्तरगत भद्रपुर- ८ स्थित नमुना टोल नजिकै चन्द्रगढीबाट भद्रपुरतर्फ आउँदै गरेको मे ७ प ७७२४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते चालक लिम्बुलाई ओमसाई पाथीभरा अस्पताल भद्रपुर पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।