२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

दमक/ शुभदिपावली तथा छठको अवसरमा लागेको चलचित्र दिमाख खराव दमकमा राम्रोसंग चलेको छ । दमक महलमा रहेको डिम्याक्स फिल्महलमा यो चलचित्र हेर्नेको भिड लागेको हो । दर्शको राम्रै माया पाएको छ, डिम्याक्स सञ्चालक रेवत बस्नेतले भने ।

निश्चल बस्नेतको निर्देशन रहेको फिल्म शुक्रवारबाट दमक सहित देशभरका हलमा प्रदर्शनमा आएको हो । फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्कीलगायतको शीर्ष भूमिका छ ।  निश्चल स्वयंमले समेत फिल्ममा छोटो भूमिकामा अभिनय गरेका छन् ।

स्थानीय सरकारका प्रमुखको कस्तो दादागिरी र गुण्डा पालन हुन्छ भन्ने चलचित्रमा देखाईएको छ । त्यसबाट हुनसक्ने बिद्रोहलाई इकिंत गरेर बनाईएको यस चलचित्रको कथाबस्तुले सामान्यतया मानिसहरुको मन छुन्छ । गरिबीको कतिपय पीडाको बिषय पनि बोलेको छ ।