२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

 पूर्व पश्चीम राजमार्ग अन्तर्गत झापाको कमल ३ स्थित कमल खोलाको पूलमा मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ ।

शनिबार (गए) राती करिब सवा ८ बजे पुर्वबाट पश्चिम तर्फ आई रहेको प्र १–०१–०१४ प ९६७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँका ६५ बर्षिय कृष्णबहादुर गिरीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भिर घाईते गिरीको उपचारका लागि विएण्डसी अस्पताल विर्तामोड पठाईएकोमा उपचारको क्रममा राती करिब १० बजे मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी र चालकलाई इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा राखिएको जनाइएको छ ।