दमकमा घट्यो दुखद घटना-हात्तीले लियो बृद्धको ज्यान
दमक/जंगली हात्तीको आक्रमणबाट झापामा भुटानी शर्णार्थीको मृत्यु भएको छ। दमकको बेलडाँगीस्थित भुटानी शरणार्थीको शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको हो।
डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मङ्गलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो। शिविरको सेक्टर नम्बर २ को हट नम्बर २५२ मा तामाङको बसोबास थियो।
तामाङ दिउँसो दाउरा खोज्न जंगल गएका थिए। साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनलाई जङ्गलमै मृत भेटाएको डिभिजन वन कार्यालयका प्रमुख राईले बताए।

