झापाको कमल गाँउपालिकामा छोराले गरे बाबुको बिभत्स हत्या
दमक,११ मंसिर । झापाको कमल गाउँपालिका- ४ का २६ बर्षिय आशिष तामाङले आफनै बुबाको हत्या गरेका छन् ।आज बिहान करिब साढे ६ बजे छोरा आशिषले मादक पदार्थ सेवन गरेर ५० बर्षिय बुबा भोलाकुमार तामाङको हत्या गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक मनोेजकुमार लामाले बताए ।
उनका अनुसार विहानै घरायसी झगडा हुदाँ आशिष बुबामाथि अन्धाधुन्द दाउले हानेका थिए । घटनापछि फरार रहेका आशिषलाई प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

