२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

मैले जे देखेँ त्यहि लेखे

दमक/ पछिल्लो समय देश चरम आर्थिक संकटमा फसेको छ । यसकोृ प्रत्यक्ष प्रभाव स्थानीय जनतासम्म पुगेको छ । सामान्य खर्च जुटाउन समेत मानिसहरुलाई धेरै मुश्किल बनेको अवस्था छ । बिद्यालयमा पढ्ने बिद्यार्थीहरुलाई आधारभूत आवश्यकताको रुपमा रहने कितावकापी समेत किन्न सक्ने अवस्था नभएका धेरै अभिभावकहरु रहेकाछन् ।

सानो सानो बजेटले पनि धेरै काम गर्न सकिन्छ । स्थानीय सरकारले यस बिषयमा ध्यान पुर्याउनु पर्ने हो । कुनै तालिम दिदा वा तालिममा खर्च गर्दा त्यसले कति मानिस तथा नगरबासिलाई फाइदा पुग्छ भन्ने सोच्नु पर्ने हो तर यस्तो भएको पाइदैन । कुनै समय यस्तो थियो कम्यूटर सिक्नलाई धेरै नै मुश्किल मानिन्थ्यो । अहिले जस्तो सर्वसुलभ थिएन र मोवायलहरु पनि मानिसहरुसंग थिएन । बिपन्नहरुले कम्यूटर सिक्ने कुरा एकादेशको कथा हुन्थ्यो । तर अहिले त्यस्तो अवस्था छैन ।

कम्यूटर सिकाउने वहानामा स्थानीय सरकारको बजेट दुरुपयोग रोकिनु पर्दछ । एडभान्स कम्यूटर सिकाउने भन्दै दमकमा वडाहरुले धमाधम सूचना निकालीरहेको देखिन्छ । अब कुनै नक्कली प्रतिस्पर्धा गराएर अमुक कम्यूछर इन्ष्टिच्युटले त्यो टेण्डर पार्नेछ अर्थात सिकाउने जिम्मा लिनेछ । त्यहाँ हुनेखाने र सम्पन्न तथा कम्यूटर जानेहरुको नै बाहुल्यता रहनेछ । यो निश्चित छ । आजसम्म नगरपालिकाबाट तालिम लिएकाहरुले कति सिके र अहिले के गर्दैछन् त्यो पहिला स्थानीय सरकारले देखाउनु पर्यो । यसरी बजेट दिनुको सट्टा एउटा सूचना तथा प्रविधि केन्द्र नगरपालिकाले चलाएर त्यही नियमित सिकाए के बिग्रन्छ र ?

राम्रा खालका मोवायलका एप्स बनाउन सिकाउनुपर्यो । स्थानीय उत्पादनलाई जोडन तथा स्थानीय करण गर्न सहयोग पुगोस । फेसबुक लगायत सामाजिक सञ्जालको सहि सदुपयोग गरेर आर्थिक उपार्जन गर्न सिकाउनु पर्यो । समयसंग मिल्दो सिकाउदा त्यसको महत्व रहन्छ । कतिले भन्लान बिरोधका लागि विरोध हो भनेर । यो मेरो ब्याक्तिगत यिचार र देखाइ हो । अहिलेको अवस्थामा कम्यूटर तालिमको सट्टा अन्य सीपमूलक तालिमहरुको आवश्यक छ । घरमा बसेर थोरै लगानीमा काम गर्न अभिप्रेरित गर्नु पर्ने अवस्था छ ।

कम्यूटर, टेलरिङ जस्ता तालिमबाट उत्पादित जनशक्तिले अहिले कतिले काम पाइरहेकाछन् ? यो हेर्नु पर्यो । अन्य किसिमका तालिमहरु ल्याउन अभिप्रेरित गर्नुपर्यो जसले गर्दा तालिमको उपलब्धि राम्रोहोस । तर यहाँ त बजेट सकाउन र स्वार्थपूर्तिका लागि कार्यक्रम ल्याउने चलन बसिसकेको छ । अहिलेको अवस्थामा कम्यूटर तालिमको औचित्य स्थानीय सरकारले पुष्टि गर्न सक्ला ? यस बिषयमा गम्भिर भएर सोच्न आवश्यक छ ।

नगरपालिकाले उत्पादनसंग जोडिने, रोजगारसंग जोडिने कस्ताकस्ता तालिमहरु चलाउनुपर्छ भनेर अब डिपिआर बनाउनु पर्छ । जुनसुकै तालिममा खर्च गरिनु हुन्न । उपलब्धि मूलक तालिमहरुमा खर्च गरिनु पर्दछ । कुनै इन्ष्टिच्युटको फाइदा वा कसैको ब्याक्तिगत लाभ वा प्रभावमा तालिमहरु आएभने यो स्थानीय सरकारको बजेटको दुरुपयोग हो । यस बिषयमा नगरबासिले पनि कुरा उठानु पर्दछ । अहिलेसम्म स्थानीय सरकारको बजेटबाट दिइएको तालिम र यसको उपलब्धिको बिषयमा स्वतन्त्र पुर्वक छानविन पनि हुन आवश्यक छ । नाम लिस्ट आएकाहरु साच्चिकै तालिम लिएका छन् वा छैनन् ? उनिहरुले त्यसको सदुपयोग गरेका छन् वा छैनन् ?

मितब्यतताको कुरा गर्ने, खर्च घटाउने कुरा गर्ने तर यस्तो आर्थिक अवस्थामा कम्यूटर लगायतका तालिमहरुको आयोजना गर्ने कार्य समय सुहाउदो होइनजस्तो लाग्छ । बोरु त्यस्ता बिपन्न परिवारका युवाहरुलाई खेती किसानीमा अभिप्रेरित गर्न सहयोग गरौ । ब्यापार ब्यवसायमा लाग्नका लागि अभिप्रेरित हुने किसिमका कार्यक्रमहरुमा सहभागिता गराऔ ।