झापाको केर्खाबाट वडाध्यक्षसहित बन्दकर्ता पक्राउ
दमक/ पहिचान पक्षधर बताउने समुहले झापाको कमल गाँउपालिकास्थित केर्खामा सवारी यातायात बन्द गराउने कार्यमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ । इलाम चुलाचुली १ का वडाध्यक्ष ध्रुब लावती सहित ४ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
सडक बन्द गराउने र सडकमा टायर बाल्नेजस्ता गतिविधि गरेको आरोपमा प्रहरीले केर्खाबाट लावती र नरेन्द्र लिम्बुलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

