२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

दमक/ झापा दमक ६ मा रहेको नयाँ बाटो बहुद्धेशीय सहकारी संस्थाको अध्यक्षमा पुनः टिकाराम खतिवडा सर्वसम्मत निर्वाचित भएकाछन् ।

शुक्रबार भएको साधरण सभाले अध्यक्षमा खतिवडा, उपाध्यक्षमा अनिता खत्री, सचिवमा राजेन्द्र बिमली, कोषाध्यक्षमा विवेक श्रेष्ठ र संचालक सदस्यहरुमा राजेन्द्र खड्की, सन्तोष सिटौला, कमला ओली निर्वाचित भएकाछन् ।

यसैगरी लेखा संयोजकमा राजेश नेपाल, सदस्यहरुमा युवाराज आचार्य र उमेश श्रेष्ठ निर्वाचित बनेको निर्वाचन अधिकृत नेत्र चम्लागाईले बताएकाछन ।

साधरण सभाको उद्घाटन दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले गरेका थिए । गुरागाईले पछिल्लो समयमा सहकारी संस्थाहरुमा समस्या आएको बताउदै अप्ठेरो परिस्थितिमा आवश्यक साथ र सहयोग गर्न बाणिज्य संघ तयार रहेको जनाए । दमक उद्योग बाणिज्य संघका लेखा समिति संयोजक नेत्र चम्लागाई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।