२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

दमक/झापाको कमल गाउँपालिका–५ स्थित पाथिभारा टोलमा दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्ग अन्तरगत कमल–५ मा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ९ प ७९२९ नम्बरको मोटरसाइकलले तत्काल पहिचान नखुलेको पैदल यात्री ४५ वर्षीय पुरुषलाई ठक्कर दिँदा टाउकोमा चोट लागेर गम्भीर अवस्थामा रहेका छन् भने मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको मे १ च ५२१३ नम्बरको कारले ठक्कर दिँदा मोटरसाइकल चालक पाँचथर तुम्वेवा–५ का १९ वर्षीय दीपेश कुरुम्वाङको नाकमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुवै घाइतेको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ । मोटरसाइकल, कार र कार चालक दमक–९ का ३३ वर्षीय सुमन अधिकारीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।