दमकमा माघ २८ गतेदेखि प्रदेश स्तरीय कृषि पर्यटन, औधोगिक ब्यापार महोत्सव
दमक/ झापाको दमकमा आँउलो माघ २८ गतेदेखि प्रदेश स्तरीय कृषि पर्यटन, औधोगिक ब्यापार महोत्सव हुने भएकोछ । दमक उद्योग बाणिज्य संघको आयोजनामा दमक ७ सयपत्री टोल रतुवा खोला किनारमा महोत्सव आयोजना हुने भएको हो । फागुन १२ सम्म महोत्सव लाग्ने निश्चित भएको र यसको तयारी शुरु गरिएको दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले जनाएकाछन् ।
संघका बरिष्ठ उपाध्यक्ष राजु खड्काका अनुसार महोत्सव स्थलको ठाँउ सम्याउने लगायतका कामहरु शुरु भइसकेको छ । महोत्सवलाई ब्यवस्थित बनाउनका लागि आवश्यक तयारी शुरु भइसकेको उनले जनाएकाछन् । दमकको ब्यापार ब्यवसाय र पर्यटन प्रवद्र्धनमा यसले सहयोग पुग्ने अपेक्षा लिएको उनले बताए ।

