दमक मोवायल एशोसियसनको अध्यक्षको जिम्मेवारीमा कविन श्रेष्ठ
दमक/ दमक मोवायल एशोसियसनको अध्यक्षको जिम्मेवारी कविन श्रेष्ठले पाएकाछन् । केही दिन अघि भएको बार्षिक साधरणसभाले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
लामो समयदेखि श्रेष्ठ दमकमा मोवायल ब्यवसाय गर्दै आएकाछन् । निवर्तमान अध्यक्ष भेनेश श्रेष्ठ माथिल्लो समितिमा गएपछि उपाध्यक्ष रहेका श्रेष्ठ अध्यक्षमा चयन भएकाहुन् ।
केही पदाधिकारीहरु पनि हेरफेर भएको जनाईएकोछ । सचिवमा खगेन्द्र चापागाई, सहसचिवमा राजु सुवेदी चयन भएकाछन् ।


