दमक महोत्सवको तयारी पुरा, महोत्सवको उदघाटन संघीय सरकारका अर्थमन्त्री डा. महतले गर्ने
दमक/ झापाको दमकमा आइतवारदेखि शुरु हुने महोत्सवको तयारी पुरा भएको छ । माघ २८ गते देखि शुरु हुने पाँचौ दमक महोत्सव –२०८० को तयारी पुरा भएको महोत्सव मूल आयोजक समितिका संयोजक राजु खड्काले जनाएकाछन् ।
१ सय भन्दा बढि स्टलहरु बुकिङ भईसकेको पनि उनले जानकारी दिए । यो महोत्सवलाई खास महोत्सव बनाउने अभियानमा छौ, उनले भने । यहाँ महोत्सवको नाममा बिकृतीजन्य कुनै प्रकारका खेलहरु र गतिजिधि नहुने खड्काले बताए ।
महोत्सवको उदघाटन संघीय सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले गर्ने र सो दिन प्रवेश शुल्क नलाग्ने दमक उद्योग बाणिज्य संघ दमकका अध्यक्ष गोपाल गुरागाईले बताएकाछन् ।
उनका अनुसार महोत्सवमा उद्घाटनमा यहाँको सस्कृतिक पहिचानहरुको प्रर्दशनी लगायतका कार्यक्रमहरु पनि रहेकाछन् । महोत्सवमा ६ करोडभन्दा बढीको कारोबार हुने अपेक्षा रहेको गुरागाईले बताए ।

