झापामा सशस्त्र प्रहरी र स्थानीयबीच केहीबेरअघि झडप, ६ जना घाइते
दमक/ नेपाल भारत सीमानजिकै रहेको झापाको मेचीनगर नगरपालिका– ७ स्थित सतीघट्टा भन्ने ठाउँमा सशस्त्र प्रहरी र स्थानीयबीच केहीबेर अघि झडप भएको छ ।
झडपमा ६ जना घाइते बनेको बताईएको छ । शशस्त्र प्रहरीले खुकुरीले आक्रमण गरेको स्थानीयले बताएकाछन् । घटनाको थप बिवरण आउन बाँकी छ ।

