२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

दमक, ६ चैत । दमक उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य टिकाराम खतिवडाले आफनो जन्मदिनको अवसर पारेर दमकका अति विपन्न २५ परिवारको स्वास्थ्य बिमा गरिदिएका छन् । मंगलवार संघको कार्यालयमा जन्मोत्सव विशेष कार्यक्रम गरि उनले दमकका अतिविपन्न २५ परिवारलाई छनौट गरि बिमा रकम भुक्तानी गरिदिनु भएको छ ।

दमक ६ निवासी कसमेटिक व्यवसायी खतिवडाले जन्मदिनमा मनाईने फजुल खर्चलाई निरुत्साहित गरि त्यसलाई विपन्नको स्वास्थ्य सेवामा उपयोग गरेको बताए । उनले स्वास्थ्य उपचारलाई प्राथमिकता दिएर बिमा नियमित गर्न नसकेका र बिमाको पहुँच नभएका अतिविपन्न परिवारलाई छनौट गरि यस किसिमको सामाजिक कार्यमा थोरै भएपनि सहयोग पुरयाँएको बताए ।

उनका अनुसार बिमा गरिएका सेवाग्राहीले आगामी जेठबाट सुविधा प्राप्त गर्ने छन् । खतिवडा लायन्स क्लव अफ झापा दमकका सदस्य पनि हुन् ।

सो अवसरमा संघका अध्यक्ष गोपाल गुरागाई,वरिष्ठ उपाध्यक्ष राजु खड्का , तृतीय उपाध्यक्ष रुवल अधिकारी लगायतले युवा व्यवसायी खतिवडाको जन्मदिनलाई नयाँ पन मात्र नभएर समाजका लागि उदाहरणीय कार्य भएको भन्दै प्रंशसा गरेका थिए ।