आहा ! क्या दाम्मी बन्यो नेपालकै अग्लो दमक बिजनेश टावर

नेपालकै नमूना र अग्लो भनिएको राष्ट्रिय गौरवको योजनाको रुपमा हेरिएको बिजनेश टावर (भ्यूटावर) निर्माण सम्पन्न भएको छ । व्यापारिक केन्द्र सहितको १८ तले भ्यूटावर को काम सकिएसँगै सरकारलाई हस्तान्तरणका लागि अन्तिम चरणको आकार्षण थप्ने काम हुँदै आएको छ । ढेड अर्व हाराहारी बजेटमा झापाको दमकमा निर्माण भएको भ्यू टावर हस्तान्तरणको प्रकृया थालिएको छ ।
निर्माण सम्पन्न भई सरसफाई थालिएको व्यापरिक केन्द्र सहितको टावरले पूर्वी नेपालको विकासमा टेवा पुग्ने निर्माणको जिम्मा दिएको सघन शहरी तथा भवन निर्माण आयोजना झापाका प्रमुख सुदिप पौडेलले बताउनु भयो । पौडेलका अनुसार मुख्य संचरनाको काम सकिएर सरसफाई तथा घेराबारा भित्रका सामान्य काम मात्र बाँकी रहेको छ । उहाँका अनुसार यो प्रविधिमा बनेको व्यापरिक केन्द्र सहितको १८ तले भ्यूटावर नेपालकै पहिलो भएको बताउनु भयो । टावरले पूर्वी नेपालको व्यापरिक देखि पर्यटनसम्मको विकासमा टेवा पुग्ने बताउनु भयो ।
संघीय सरकारको बजेटमा निर्माण भएको टावर नेपालकै नमूना र फरक डिजायनमा निर्माण भएको छ । नयाँ प्रविधिमा निर्माण गरिएको १८ तले भ्यू टावर निर्माण अवधिमा कतिपय अवस्थामा भारतबाट विशेषज्ञ झिकाएर पनि उच्च स्तरीय प्रविधिमा टावर निर्माण गरिएको निर्माण कम्पनि ओम साइराम कन्ट्रक्सनका प्रबन्ध निर्देशक इन्जिनियर विजय शाहले बताउनु भयो ।
शाहका अनुसार २०४५ र ७२ सालको जस्ता ठूल्ठुला भूकम्प आउँदा पनि टावरको संरचनामा असर नपर्ने बताउनु भयो । झण्डै ७ कठ्ठा क्षेत्रफलमा बनेको टावारको वरिपरि ५ विगाह जमिन रहेको छ । टावर निर्माण गर्दा जमिन मुनि मात्रै ९ सय बढी पायल गाडिएको उहाँले बताउनु भयो ।
१ सय मिटर अग्लो भ्यूटावर निर्माणले स्थानीय बासिन्दाहरु खुशी भएका छन् । नेपालकै अग्लो र नमूना व्यापरिक केन्द्र सहिटको टावर संचालनमा अव सरकारले उचित नीति बनाए धेरैलाई लाभ पुग्ने स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय बासिन्दा तथा सामाजिक अगुवा महेन्द्र प्रसाद अधिकारीका अनुसार सरकारले उचित नीति नियम बनाएर टावर संचालनमा ल्याउनु पर्ने बताउनु भयो । टावर संचालनमा स्थानीय सरकारले चासो नदिएकाले संघीय सरकारले यसको व्यवस्थापनमा चासो दिनु पर्ने बताउनु भयो ।
राष्ट्रिय गौरबको आयोजनाको रुपमा हेरिएको झापाको दमकमा निर्माण भएको लगानीको दृष्टिकोणले नेपालको दोस्रो ठूलो टावार हो । तर उचाई र प्रविधिको दृष्टिकोणमा नेपालको पहिलो हो । आगामी बैशाख महिना हस्तान्तरण गरिने टावर संचालन गर्ने तर्फ राज्यले वेलैमा ध्यान दिनु पर्ने स्थानीय बासिन्दाको भनाइ छ ।