अहिले साँझ झापामा घट्यो दुखद घटना-हात्तीको आक्रमणबाट एकको मृत्यु एक घाईते
दमक/ झापामा जङ्गली हात्तीको आक्रमणबाट परेर बुधबार साँझ एकजनाको ज्यान गएको छ भने अर्का एकजना घाइते भएकाछन् । शिवशताक्षी ११ की पवित्रा भेटवालको निधन भएको प्रहरीले जनाएको छ ।
श्रीमान् दिलिप भेटवालसंगै रतुवामाइ बृक्षारोपण आयोजनामा दाउरा खोज्न साँझमा उनिहरु निस्केको बताईएको छ । श्रीमान् भेटवाल हात्तीको आक्रमणबाट घाइते बनेकाछन् ।

