२०८१ माघ २९, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ११ महिना अगाडि

दमकको ॐ मेची अस्पतालमा यहि चैत ३० गते निःसन्तान दम्पत्तीका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । भारतको सिलगुढीस्थित न्यूलाइफ फर्टीलिटी सेन्टरको प्राविधिक सहयोगमा विगतका वर्षझै यसवर्ष पनि शिविर सञ्चालनको तयारी गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालले आइतवार आफनै कार्यालयमा पत्रकार सम्मेलन गरि शिविरको तयारीका बारेमा जानकारी दिएको हो । हस्पिटलका सञ्चालक समेत रहेको वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. शंकरप्रसाद हुजदारले न्यूलाइफ फर्टीलिटीका दक्ष चिकित्सकहरुको प्राविधिक निःसन्तान अभिभावकहरुलाई लक्षित गरि परामर्श शिविर सञ्चालन गरिएको जानकारी दिए । न्यूलाइफ महिला तथा पुरुषमा हुने बाँझोपन स्वास्थ्य निदानका लागि भरपर्दी स्वास्थ्य संस्था मानिन्छ ।

ॐ हस्पिटलमा यस किसिमको स्वास्थ्य शिविर यो तेश्रो हो । ॐ मेची अस्पतालले यस क्षेत्रका निःसन्तान दम्पत्तीलाई आफनै गाउँठाँउमा यस किसिमको विशेषज्ञसंगै सरल र सहज ढंगले स्वास्थ्य सेवा उपलव्ध गराउन शिविर आयोजना गरिएको डा. हुजदारले बताए । तीनवर्ष अघि सो शिविरबाट यहाँका १९० जना दम्पत्तीले सेवा पाएका थिए । शिविरमा फर्टिलिटी सेन्टरका डा. प्रसेन्जीत कुमार रोय , डा.सेफली वंशल माधव लगायतका चिकित्सकहरुले निशुल्क स्वास्थ्य जाँच गर्ने र ल्याव लगायतका परीक्षण गर्नुपरे २५ प्रतिशतसम्म छुटको समेत व्यवस्था गरिएको फर्टीलिटी सेन्टरका सेन्टरका मृत्युन्जय घोषले बताए ।

दमक ७ पशुहाटमा अवस्थित सो अस्पतालले विगत १६ वर्षदेखि महिलाको प्रसुति सम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा उपलव्ध गराउदैआएको छ । अस्पतालले नेपाल सरकारको सम्बन्धनमा स्वास्थ्य बिमाको कार्यक्रम सञ्चालन गरिआएको अस्पतालका अध्यक्ष समेत रहेका अर्का वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. निरञ्जनसिंह बोगटीले जानकारी दिए ।