२०८१ माघ १२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ९ महिना अगाडि

दमक/ नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख भन्दा बढि पुगेकाछन्। २०७४ सालको जेठमा एक लाख ग्राहकलाई इन्टरनेट कनेक्सन उपलब्ध गराउन सफल भएको वर्ल्डलिंक कम्युनिकेसन्सले यो उपलब्धि हासिल भएको बताएको छ ।

२०८० भदौ महिनामा आठ लाख र त्यसको एक वर्ष नपुग्दै वर्ल्डलिङ्कले ९ लाख घरपरिवारमा पुगेको सार्वजनिक गरेको छ । कम्पनीका सीईओ केशव नेपालका अनुसार गुणस्तरमा बृद्धि गर्दै सेवालाई चुस्त बनाउदै लगिएको छ । यो बिश्वासलाई हामी अझ बलियो बनाउन चाहान्छौ, उनले भने ।

यसैगरी कोशी प्रदेशमामात्र पनि १ लाख ३० हजार ग्राहक रहेको वर्ल्डलिंक कम्युनिकेसन्सका कोशी प्रदेश जनसम्पर्क अधिकृत राजन तिम्सिनाले बताए । उनका अनुसार कोशी प्रदेशमा पनि वर्ल्डलिंक कम्युनिकेसन्ससंग जोडिनेको संख्या बढिरहेको छ । तिम्सिनाका अनुसार कोशी प्रदेशमा १ लाख ३० हजार ग्राहकसंख्या नाघेको छ ।

तिम्सिना आइएसपिको क्षेत्रमा लामो समयदेखि कार्यरत रहेकाछन् । लामो समयको अनुभवले ग्राहकको सन्तुष्टिलाई कसरी प्रभावकारी रुपमा सम्बोधन गर्ने भन्नेमा सधै चिन्तित छौ, उनले भने । गुनासाहरुलाई पनि चाँडो सम्बोधन गर्ने कोसिस गरिरहेका छौ, तिम्सिनाको भनाई छ ।