नेपाली चलचित्र ‘मनसरा’ को प्रवद्र्धनका लागि कलाकारहरु डिम्याक्स दमकमा
दमक । वैशाख २१ गतेदेखि प्रर्दशन सुरु हुन लागेको नेपाली चलचित्र ‘मनसरा’ आधुनिक सुविधाबाट बञ्चीत रहेको शहर भित्रको गाउँको कथामा आधारित बनेको मनसराका निर्देशक उपेन्द्र सुब्बाले बताउनु भयो ।
‘मनसरा’ चलचित्रको प्रबद्र्धनका लागि झापाको दमकस्थित दमक महलमा रहेको डिम्याक्स सिनेमा हलमा भएको पत्रकार भेटघाटमा निर्देशक सुब्बा सहित कलाकारहरुको टोलीले चलचित्र हेरिदिन आग्रह गरेको छ । पत्रकारहरुसंग कुरा गर्दैै निर्देशक सुब्बाले भन्नुभयो, ‘मनसरा हाम्रो समाजसंग मिल्ने कथा हो, सबै जाजजातिसंग जोडिएको कथा बस्तुमा फिल्म बनाएका छौं ।’
निर्देशक सुब्बाका अनुसार पुर्वी पहाडी जिल्लामा रोपिने मनसरा जातको धानको नामबाट चलचित्रको नाम राखेको हो । जुन धानलाई फौडेल जातको अर्को धानसंग मिसाएर रोपिने चलन छ । जसरी मनसरा र फौडेल धान मिसाएर रोप्दा पनि आ आफ्नो जातका फल दिन्छ समाजमा पनि सबैखाले मानिसको बसोबास रहेको र सबैको आ आफ्नै अस्तित्व रहेको छ, निर्देशक सुब्बाले भन्नुभयो ।
परिवर्तन थिएटरमा आयोजित कार्यक्रममा ‘मनसरा’ चलचित्रका कलाकारहरु मेरुना मगर, मेनुका प्रधान, प्रविन खतिवडा सहित कार्यकारी निर्माता सिजनले सबैलाई मनसरा चलचित्र हेरिदिन आग्रह गर्नु भएको थियो । मनसरामा नायक दयाहाङ राई, नायिका मेरुना मगर सहितका कालाकारको अभिनय रहेको छ ।
डिम्याक्सका सञ्चालक रेवत बस्नेत, मेनेजर बुद्धि पाण्डे लगायतले कलाकारहरुलाई स्वागत गर्नु भएको थियो ।