२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

दमक/ झापाको दमक स्थित कर्नरस्टोन फाउण्डेसन (स्कुल) ले रतुवा किनारमा रहेको कमल ६ नबज्योति टोल स्थित नबज्योति बालविकास परिसरमा बिभिन्न कार्यक्रम गर्दै वृक्षरोपण सहित वातावरण दिवस मनाएको छ ।

विद्यालयमा अध्यनरत विद्यार्थीहरु, कर्नरस्टोन बाल क्लब तथा कर्नरस्टोन स्काउटले नृत्य, कविता, सडक नाटक तथा बकतृत्पकला मार्फत समुदायलाई वातावरणको महत्व तथा संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दै वातवरण दिवस मनाएको हो ।

विद्यार्थीहरुले रतुवा किनार तथा बाल विकास परिसरमा विभिन्न जातका बिरुवाहरु रोपेका थिए । कर्नस्टोन फाउण्डेसन स्कुलले बिद्यार्थीहरुलाई संस्कार सहितको व्यवहारिक शिक्षा प्रदान गरिहेको विद्यालयका संथापक प्रधानाध्यपक युवराज गजमेरले बताए।

बिद्यार्थीहरुलाई फिल्डमा नै लगेर बोट विरुवाको महत्वको बिषयमा सिकाउदै बृक्षरोपणबारे जानकारी गराएका हौ, गजमेरले भने । विद्यालयमा जे सिकाईन्छ त्यो प्रयोगात्मक विधिबाट गराईने गरेको छ, गजमेरले भन। यो बिद्यालय दमककै नमुना बिद्यालय मानिन्छ ।