२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

दमक/ विगत तीन वर्ष देखि लगातार एन सि सि जुनियर डिभिजन र गत वर्ष सिनियर डिभिजनमा समेत छनोटमा परेको झापा मोडल अग्रेजी मावि नयाँ शैक्षिक बर्षमा पनि सो कर्यक्रममा छनोटमा परेको छ । नेपाली सेनाले दिने राष्ट्रिय सेवा दलको तालिम एन सि सि हो ।

शैक्षिक वर्ष २०८१ मा पनि एन सि सि सिनियर डिभिजन तालिममा छनोट हुँदा हामी निक्कै खुशि भएका छौ, बिद्यालयका प्रीन्सिपल सागर श्रेष्ठले भने । हामीले एनसिसिको मर्म र भावाना अनुसार उच्चतम् रुपमा बिद्यार्थीहरुलाई सहभागि गराएका छौ, उनको भनाई छ ।

विद्यालयमा विगतमा सन्चालन भएको जुनियर सिनियर एन सि सि मा आबद्ध विद्यार्थीहरूको मिहिनेत, परिश्रम, लगनशीलता र एन सि सि को भाबना र मर्मलाई विद्यार्थीहरूले ब्यवहारमा उतारेको पनि उनेको भनाई छ ।

यहाँका क्याडेट विद्यार्थीहरू कृतज्ञता थापा , ईन्सानी खतिवडा तालिम अवधिमा सम्पन्न गराईएको बक्तृतवकला प्रतियोगितामा राष्ट्रिय स्तरमा नै प्रथम स्थान प्राप्त गरेर “ यूथ एक्स्चेन्ज “ कार्यक्रम अन्तर्गत भारतका बिभिन्न मुख्य शहरहरूको भ्रमण अवलोकन गर्ने अवसर पाएको पनि बिद्यालयले जनाएको छ ।

२०८० को वक्तृत्व कलामा नै मध्य पूर्वी तालिम केन्द्र वर्दिवासमा सम्पन्न तालिममा छात्रा श्रेया पौडेल नेपाल द्वित्तीय हुन सफल भएको, एन सि सि मा भाग लिने सबै विद्यार्थीहरूले राष्ट्र राष्ट्रियताको वारेमा अन्तरहृदयबाट बुझेको श्रेष्ठ बताउछन्।

यस्तो छ मापदण्ड :   सिनियर डिभिजनमा तालिम लिन चाहनेहरूले प्लस टु पढिरहेको र उमेर कम्तीमा १६ वर्ष पुगेको हुनु पर्छ । केटाको उचाइ कम्तीमा ५ फिट र केटीको को उचाइ ४.१० फिट हुनु पर्ने प्रावधान रहेको छ । जुनियर डिभिजनका लागि माध्यमिक तहमा अध्ययन रत १४ वर्ष उमेर पुरा भएको हुनु पर्छ ।

यस्तो हुन्छ तालिम : सेनाले दुई चरणमा तालिमहरू सञ्चालन गर्दछ । हरेक वर्षको साउन देखि माघ सम्म १ सय दिनको चल्ने तालिमको पहिलो चरण अन्तर्गत संस्थागत तालिम सम्बन्धित विद्यालयमा दिइन्छ । विद्यालयको पढाइमा कुनै असर नपर्ने गरी तालिम सञ्चालन गरिन्छ । ७९ दिन सम्म विद्यालयमा चल्ने तालिममा सैद्धान्तिक सैन्य ज्ञानका साथमा एरोविक्स, मास पिटी, तेक्वान्दो पिटी, खुकुरी ड्रिल र नक्सा अध्ययन सिकाइन्छ । सिनियर डिभिजनले हतियार तालिम अर्थात् फाइरिङ पनि सिक्दछन् ।

७९ दिनको तालिम पछि २१ दिनको क्याम्प तालिम हुन्छ । क्याम्पका लागि मोरङको याङ्सिला, नवलपरासीको हात्तिखोर र बाँकेको कोहलपुरमा लगिन्छ । २१ दिन चल्ने क्याम्प तालिममा खोज, उद्धार देखि मास पिटी, भिडमा बोल्ने तरिका र नेतृत्व विकास सम्मको तालिम लिन सकिने छ । सिनियर डिभिजन तालिममा घोडचढी, स्विमिङ, हाइकिङ र क्लाईम्बिङ सम्म सिकाइन्छ ।