एसकेएम पार्टीको ऐतिहासिक जीत नै सिक्किमेली जनताको जीत !
बिरेन्द्र ताम्लिङ
२०२४ को चुनाउ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको निम्ति एक एतिहासिक जीत भएको छ भने सिक्किम क्रान्तिकारी पार्टी अध्यक्ष एवं सम्माननीय मुख्यमन्त्री श्रीमान पीएस गोलेज्युले यो जीत सिक्किमे जनताको जीत भएको अनि जीतको सम्पुर्ण श्रेय पनि सिक्किमेली जनतालाई दिनु हुन्दै भन्नु भयो,” जीतको वास्तविक हिरो सिक्किमे जनता हुन् “(हिमाली बेला दैनिक, ०३ जुन २०२४)।
देशको निर्वाचन आयोगद्वारा २०/०३/२०२४ मा राजपत्र अधिसुचना जारी गर्दै सिक्किम राज्य र अरुणाचल प्रदेश राज्यको बिधानसभा चुनाउको मतदान मिति १९/०४/२०२४ अनि मतगणनाको मिति ०२/०६/२०२४ तोक्यो । सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले २०१९ को चुनाउमा १६५,५०८ मत अथवा ४७.१७% मत हासिल गरेको थियो भने एसडीएफ पार्टीलाई १६७,६२० मत अनि प्रतिशतको हिसाबले ४७.६३% मत प्राप्त भएको थियो, सोझो हिसाबले भन्नु हो भने २०१९ को चुनाउमा एसकेएम पार्टीलाई भन्दा एसडीएफ पार्टीलाई २,११२ मत अथवा ०.४६% प्रतिशत ज्यादा मत जनताले दिलाएको थियो तर सीट भने ३२ मा एसकेएम पार्टीले १७ र एसडीएफलाई १५ सीट प्राप्त भएको कारण एसकेएम पार्टी सत्तासीन भएको थियोे । तर, २०२४ को चुनाउ भने धेरै फरक र अलग प्रकारको थियो, राज्यको ३२ सीटमा ३१ सीट एसकेएम पार्टीलाई दिलायो अथवा २२५,०६८ मत, ५८.३८% प्रतिशत एसकेएम पार्टीलाई प्राप्त भयो भने एसडीएफ पार्टीलाई केवल १ सीट दिलायो, १०५,५०३ मत, अथवा २७.३७% प्रतिशत मात्र मत एसडीएफलाई प्राप्त भएको छ ।
२०१९ को चुनाउमा जम्मा ८१.४३% मतदाताहरुले चुनाउमा अंशग्रहण गरेका थिए भने २०२४ को चुनाउमा ७९.८८% मतदाताले अंश ग्रहण गरेका थिए १.५५% कम्ती मतदाताले अंश ग्रहण गरे पनि २०१९ चुनाउको तुलनामा २०२४ को चुनाउमा एसडीएफ पार्टीलाई जम्मा ६२,११७ मत अथवा २०.२६% कम्ती मत प्राप्त भएको छ भने १५ सीटवाट घटेर १ सीटमा सिमित रहेको छ भने अन्य आन्चलिक र केन्द्रिय पार्टीहरु जन्मिनुसम्म सकेनन् त्यति मात्र होइन ४० वर्ष अधि देखि लगातार हार नदेखेको विपक्षी पार्टीका नेता अथवा निवर्तमान मुख्यमन्त्री श्री पवन चाम्लिङले २५ वर्षसम्म राज्यको बाघडोर आफ्नो हातमा राखेर एकतन्त्रे शासन चलाउनेलाई यसपालीको चुनाउमा जनताले तीन चित्त खेलाएर बगरमा मर्नुको निम्ति छटपटाएको माछा जस्तो बनाई दिए, चाम्लिङज्युको आफ्नै भनाई अनुसार “जनता राजमा, जन्तै राजा” पक्कै हो रहेछ, प्रजातन्त्रमा जनता ईस्वर हुन् , जनतालाई राम्रो गरे, राम्रै ठाँउमा पुर्याउछन् नराम्रो गरे नराम्रै ठाँउमा पुर्याउछन् , प्रजातन्त्रमा मत कहाँ खसाल्ने भन्ने निर्णय लिने जनताको मौलिक अधिकार र हक भित्रको कुरा हो ।
चम्लिङज्युलाई २५ वर्षसम्म सिक्किमेली जनताले एकक्षत्र राज गर्नु अधिकार दिलाए अहिलेसम्म त्यो रेकर्ड देशको कुनै पनि मुख्यमन्त्रीले तोडनु सकेको छैन, त्यो अझै कायमै रहेको छ तर सिक्किमेली जनताले २०१९ देखि बिस्तारै बुझ्दै आयो हामी अन्धकारमा थिएछौ, चाम्लिङज्यु त “अधेरी नगरीको चौपट राजा” पो थिएछ । जनताको काम भनेको अहिलेका मुख्यमन्त्री श्रीमान पीएस गोलेज्युले गरे जस्तो पो हुनु पर्ने रहेछ त भन्ने मह्सुस गरे । २०२४ को एसडीएफ पार्टीको नयाँ चुनावी रणनीति SDF 2.0 भनेको के हो ? जनताले बुझेनन् बरु उल्टा बुझेछन् चाम्लिङज्युलाई दुई क्षेत्रवाट शुन्य बनाउनु पर्छ भन्ने मात्र बुझेछन् ।
निवर्तमान मुख्यमन्त्री श्री पवन चम्लिङज्युलाई दुई – दुई क्षेत्रबाट जनताले धुलो चटाउनुको साथै एसडीएफ पार्टीको वरिष्ठ नेताहरुलाई भका – भक ढाले, कसैलाई टाउकोसम्म उठाउने मौका जनताले दिएनन् एसडीएफ पार्टी झन्डै शुन्यमा पुग्यो । एसकेएम पार्टीको उच्चस्तरका नेतृत्वगणले पनि यति धेरै सीट ल्याएर सरकारमा पुगिन्छ भनेर सोचेका पनि थिएनन् २२ देखि २५ सीट एसकेएमको हो भन्ने गर्थे तर पार्टी अध्यक्ष भने ३२ सीट नै जित्नेमा अधिर र निश्चित थिए झन्डै पुग्यो, यदि एसकेएम पार्टीको वरिष्ठ नेताहरुले यो बुझ्नु सकेको भएमा, पार्टीको निम्ति सम्झौता गर्नु सकेको भएमा ३२/३२ सीट ल्याउनु सक्ने अवस्था थिएछ, पार्टीले नयाँ एतिहासिक रेकर्ड कायम गर्ने थियो यति चाहि हुनु सकेन, यसमा एसकेएम पार्टीका कर्याकर्ताहरु साह्रै दु:खी भईरहेको समयमा चुनाउको नतिजा घोषणा भएको ३८ दिनवाद १० जुलाई २०२४ को दिन एसडीएफ पार्टीको उम्मेदवार भएर २३- सियारी निर्वाचन क्षेत्रवाट निर्वाचित भएका एसडीएफ पार्टीका एक्लो बिधायक श्री तेन्जिङ नर्बु लाम्थाज्यु एसकेएममा सामेल भएर एसकेएम पार्टीलाई ३२/३२ सीटमा पुर्याएको छ भने २५ वर्षसम्म सत्तासीन भएर एकक्षत्र राज गरेको पार्टी एसडीएफ शुन्यमा झरेको छ ।
राज्यमा स्थापित भईसकेको र रेकर्ड कायम गरेको अति पुरानो आन्चलिक एसडीएफ पार्टीलाई शुन्यमा पुर्याउनुको मुख्य कारक र गल्तीहरु देखाउन्दै श्री सोनाम दोङज्यु आफ्नो लेख ” एसकेएम पार्टीको एतिहासिक जीत” शीर्षकमा लेख्नु हुन्छ,” एसडीएफ पार्टीको कमजोरी अथवा गल्ती भनेको एसकेएम पार्टीको सरकारले गरेको कुनै पनि जनमुखी कार्यदिशालाई सराहना र प्रशंसा नगरेर आफ्नो बिपक्षीको साकात्मक भुमिकालाई अदेखा गर्नु रहेको थियोे भने एसकेएम पार्टीको सरकारले गरेको जनकल्याणकारी कामहरुलाई प्रशंसा गर्दा एसडीएफ पार्टीको नेतृत्वगणलाई आफुहरुले आफ्नो सरकार कालमा केही गर्न नसकेको आत्मग्लानीको रापले सताएको पनि थियोे ।”( हिमाली बेला दैनिक, ११ जुन २०१४) त्यस्तै प्रकारले मुख्य मन्त्रीज्युका पुर्व प्रेस सल्लाहकार श्री सिपि शर्माज्युको हिमाली बेला दैनिकमा छापिएको लेख “एसकेएम पार्टीको यसपटक जीतको कारण ” भन्ने शीर्षकको लेखमा एसकेएम पार्टीको मुख्य जीतको कारण यस्तो देखाएर लेख्नु हुन्छ,” सर्वप्रथम मुख्यमन्त्रीको सरलता, शालिनता, जनताप्रति समर्पित भावना, कार्य सम्पादनमा निष्ठा, ईमानदारी सेवा, मिलनसार प्रवृति, लोभ र लालचहीन सेवा आदि आदि जस्ता बिषयलाई जनताले गरेको मूल्याकंन नै जीत हो” (१२ जुन २०२४) ।
एसकेएम पार्टीका सर्वमान्य नेता श्रीमान पीएस गोलेज्युले “सुखी सिक्किम,समृद्ध सिक्किम” को नारा दिनु भएको छ भने पाँच वर्ष काम गर्नु नपाए पनि हातमा जति दिन बाँच्यो त्यति दिनलाई रात-दिन एक गरेर जनताको निम्ति नेताले समयलाई सदुपयोग र समर्पित गर्यो । सिक्किमका धेरै बुद्धिजीवीहरुको मनमा थियोे यसपालीको चुनाउमा पार्टी र नेता केवल माध्यम मात्र हो, जनताले भोट उम्मेदवारको क्षमतालाई हेरेर अथवा उम्मेदवार माथि निर्भर गर्छ र यसैलाई हेरेर भोट दिने छन् भन्ने अड्कलवाजी थियो तर, जनताको सोच भने अर्कै निस्क्यो उम्मेदवारको क्षमता र खेमतालाई हेरेनन् , हिज विपक्षीबाट आएको, भर्खर नोकरी छोडेर आएको, पार्टीमा दु:ख गरेको छैन नयाँ हो, क्षेत्रमा दु:ख गरेको छैन,जनताले चिन्दैनन् इत्यादि- इत्यादि कुराहरु क्षेत्रको जनताले भनेनन्/सोचेनन् , कुनै राजनैतिक मुद्दाको पछि लागेनन् /सुनेनन् आँखा चिम्म गरेर केवल – केवल “गोलेको भरोसा” र सरकारले छोटो अवधिमा गरेको जनमुखी कार्यहरुमा बिस्वास गरेर २०२४ को चुनावमा जनताले प्रचण्ड मत खसालेर राज्यलाई बलियो सरकार दिएका छन् ।
विपक्षीहरुले अनदेखा/अप्रत्यक्ष (UNSEEN VOTE) हाम्रो पक्षमा पक्कै झर्छ भन्ने अड्कलवाजी गरेको थियो र यो भम्र जनतामा विपक्षीहरुले फैलाएको थियो र सत्तापक्षका कर्याकर्ताहरु पनि यस विषयमा निकै त्रसित र चिन्तित थिए तर जनताले यो भ्रमलाई पनि तोडेर (UNSEEN VOTE) सबै कटाक – कुटुक सत्तारुढ दलको चुनाव चिन्ह टेबल लेम्पमा डेङ कि डेङ छाप लगाएर एसकेएम पार्टीलाई प्रचण्ड मत दिलाए , अनदेखा /अप्रत्यक्ष मत (UNSEEN VOTE) विपक्षीको पक्षमा होइन पक्षमा जान्छ भनेर बिस्वास दिलाए अनि अप्रत्यक्ष रुपमा रहेका मतदाताहरुले (UNSEEN VOTERS) कहिले निभेको आगो ताप्दैनन् बलेको आगो नै ताप्छन् भन्ने सन्देश पनि दिएका छन् ।
२०१९ को चुनाउमा एसकेएम पार्टीले परिवर्तनको नारामा जीत हासिल गरेको थियो, यो पक्कै हो भने २०२४ को चुनाउ एसकेएम पार्टीको सरकारले पाँच वर्षमा गरेको बिकास र सम्माननीय मुख्यमन्त्री श्रीमान पिएस गोलेज्युमाथि जनताले पुर्ण बिस्वास र भरोसा राखेको कारण एसकेएम पार्टीको दोस्रो कार्यकालको सरकार अनि श्रीमान पिएस गोलेज्युलाई सातौ मुख्यमन्त्रीको रूपमा पाउन सफल भएकाछौ । राज्यको सम्पुर्ण नारीहरुको निम्ति अनेक प्रकारका योजना कार्यन्वयन, बेरोजगारलाई रोजगार, नोकरी , पदउन्नति, नोकरी स्थायीकरण, महामारी अनि आपद – विपदको समयमा पुर्याएको सहयोग, परिवार नै लागेर अनेक प्रकारका बिमारीहरुलाई पुर्याएको सहयोगको गुण जनताले यसपाली भुलेनन् तिरेर छाडे । २५ वर्षसम्म निवर्तमान मुख्यमन्त्री श्री पवन चाम्लिङले एकतन्त्रे शासन चलाए पनि जनतासँग सोझो संवाद गरेर जनताको गुनासो बुझेर समस्याको समाधान गर्नु कहिले चाहेनन् तर श्रीमान पिएस गोलेज्युले रात – दिनलाई एक बनाएर “जनता भेटघाट” कार्यक्रमद्वारा जनताको समस्या हल गरे ।
अनेक राजनैतिक मुद्दाहरुलाई सम्बोधन र हल गर्ने कोसिस गरे, केन्द्रिय सरकारसँग सुम्धुर सम्बन्ध बनाई राखे, एसकेएम पार्टी र श्रीमान पिएस गोलेज्युको प्रचण्ड जीतमा देशका माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्युले आफ्नो बधाई सन्देशमा लेख्नु हुन्छ,” Congratulations to SKM and CM @PSTamangGolay for their victory in the Sikkim Assembly Elections 2024 . I look forward to working with the State Government to further the progress of Sikkim in the coming times.
Narendra Modi
@narendramodi
02/06/2024
राजनीतिमा मेरो विकल्प छैन भन्ने नेता श्री पवन चाम्लिङज्युले सिक्किमको सबै भन्दै लामो शासन गर्ने अनि पुरानो आन्चलिक पार्टी सिक्किम प्रजातान्त्रिक मोर्चा पार्टीलाई लथालिङ्ग अवस्थामा पुर्याएको छ न आफ्नो सन्तानबाट कुनै नेता जन्माउनु सके, न एसडीएफ पार्टीबाट नेतृत्व गर्नु सक्ने विकल्पको रुपमा नेता जन्माउनु सके, चाम्लिङज्युको अहंकार र घमण्डको कारणले अहिले एसडीएफ पार्टी नेतृत्व र अस्तित्व बिहिन भएको अवस्थामा पुगेको छ ।
एसकेएम पार्टीका सर्वमान्य नेता श्रीमान पिएस गोलेज्युले जहिले भन्नु हुन्छ “मेरो विकल्प एसकेएम पार्टीमा जन्मि सकेको छ” एसकेएम पार्टी भनेको हजारौं नेता जन्माउने पार्टी हो” भन्नु हुन्छ र अहिले एसकेएम पार्टीलाई नेतृत्व गर्ने हजारौं युवा नेताहरु जन्मिसकेको छ । निवर्तमान मुख्यमन्त्री श्री पवन चाम्लिङज्यु गत ४० वर्ष देखि सिक्किमको राजनीतिमा लगातार जीतको मात्र हकदार थिए, हार कस्तो हुन्छ उहाँलाई अनुभव पनि थिएन तर यसपालीको चुनाउमा सिक्किमेली जनताले दुई – दुई क्षेत्रवाट एकै चोटि हारको मुकुट पहिराई दिए भने एसडीएफ पार्टीलाई झन्डै शुन्यमा पुर्याई दिए । तर, एसकेएम पार्टीको सर्वमान्य नेता श्रीमान पिएस गोलेज्यु १९९४ देखि लगातार सातौ पटक लगातार चुनाउ जित्दै आईरहेका छन् एकैपटक पनि उहाँले हारको सामना गर्नु परेको छैन भने २०१९ को चुनाउमा १० पोकलोक – कामराङ्ग क्षेत्रवाट उपचुनाउमा श्रीमान पिएस गोलेज्युले र ०७ सोरेङ -च्याखुङ क्षेत्रवाट ठुलो छोरा अदित्य गोलेज्युले भोट जितेका थिए भने यसपाली २०२४ को चुनाउमा श्री पिएस गोलेज्युले ०७ सोरेङ च्याखुङ क्षेत्रवाट एसडीएफका निकटतम प्रतिद्वन्द्वी श्री एडी सुब्बालाई ७,३९६ मतको दह्रो अंतर (Margin) ले पाहा पछारे झै जम्मा १०,४८० मतले पराजित गरे भने प्रतिशतमा हेर्नु हो भने ७१.१८% मत प्राप्त गरेर प्रचण्ड जीत हासिल गरेका छन् , त्यस्तै प्रकारले १९ रिनक क्षेत्रवाट एसडीएफ पार्टीका निकटतम प्रतिद्वन्दी श्री सोमनाथ पौडेललाई ७,०४४ को दह्रो अंतरको मतले उछिनेर जम्मा १०,०९४ मत प्राप्त गरेका थिए प्रतिशतको आधारमा हेर्ने हो भने ६४.५४% मत प्राप्त गरेका थिए ।
यसरी नै ११ नाम्ची – सिंगीथाङ क्षेत्रवाट श्रीमती कृष्ण कुमारी राई (मैडम) द्वारा एसडीएफ पार्टीको निकटतम प्रतिद्वन्दी श्री बिमल राईलाई ५,३०२ मतको अंतरले उछिनेर जम्मा ७,९०७ मत प्राप्त गर्नु भयो भने प्रतिशतको हिसाबले ७१.६०% मत ल्याएर एसकेएम पार्टीलाई दह्रो जीत दर्ता गराउनु भएको छ, कतिपयले एसकेएम पार्टीका सर्वमान्य नेता पिएस गोलेज्युलाई परिवारवादको दाग लगाउने कोशिस गरे तर यो परिवारवाद नभएर राजनैतिक रणनीति अथवा राजनैतिक दाउपेच मात्र थियोे , विपक्षीहरुले बुझ्नु नसकेको मात्र हो जब मैडम कृष्ण राईज्युले ११ नाम्ची – सिंगीथाङ क्षेत्रवाट एक दिन बिधायिका बनेर दोस्रो दिन राजिनामा दिएर पार्टीको कुनै पुरानो भरोसामन्द कर्याकर्ताको निम्ति त्यस क्षेत्रलाई छोडेपछि मात्र विपक्षीहरु झसङ्ग भए अनि मात्र कुरा बुझेका छन् विपक्षीहरुको निम्ति बाघचालको गोटी यता – उता सारेर बाघले भेडा खाए जस्तो मात्र भएको थियो । नत्र त्यति दु:ख गरेर जितेको क्षेत्रलाई किन छाडने ? मैडम कृष्ण राईज्युले बिधायक अथवा मन्त्रीपद पनि आफै राख्नु सक्नु हुन्थ्यो तर त्यसो गरेनन् उहाँले कुनै एक जना कर्याकर्तालाई मौका दिने सोच बनाउनु भयो यो नै पार्टीप्रतिको उच्च सम्मान, वफादारीता अनि ईमानदारीताको दह्रो परिचय दिनु भएको छ ।
त्यस्तै प्रकारले सम्माननीय मुख्यमन्त्री श्रीमान पिएस गोलेज्युले पनि रिनक क्षेत्रलाई आफुसँग राखेर सोरेङ – च्याखुङ क्षेत्रवाट राजिनामा दिएर कुनै पार्टी कर्याकर्ताको निम्ति छोड्नु भएको छ । १० पोकलोक – कामराङ्ग क्षेत्रवाट एसकेएम पार्टीका वरिष्ठ उपाध्यक्ष श्री भोजराज राईज्युले निकटतम प्रतिद्वन्दी एसडीएफ पार्टी अध्यक्ष एवं उम्मेदवार श्री पवन चाम्लिङज्युलाई ३,०६३ मतको अंतरले पराजित गर्दै ८,०३७ मत अथवा ५४.९९% प्रतिशत मत प्राप्त गरे भने चाम्लिङज्युले केवल ४,९७५ मत अथवा प्रतिशतमा हेर्दा ३४.०३% मत मात्र प्राप्त गरेका थिए । अर्को क्षेत्र २२ नामछेबुङमा एसकेएम पार्टीका उम्मेदवार श्री राजु बस्नेतज्युले आफ्नो निकटतम प्रतिद्वन्दी एसडीएफ पार्टी उम्मेदवार एवं निवर्तमान मुख्यमन्त्री श्री पवन चाम्लिङज्युलाई २,२५६ मतको अंतरले पराजित गर्दै जम्मा ७,१९५ मत अथवा ५३.४२% मत प्राप्त गरेका थिए भने चाम्लिङज्युले केवल ४,९४९ मत प्राप्त गरे भने प्रतिशतमा हेर्दा ३६.६७% मत प्राप्त गरेका छन् ।
एसकेएम पार्टी अध्यक्ष एवं सम्माननीय मुख्यमन्त्री श्रीमान पिएस गोलेज्युले आफुले चुनाउ लडेको दुई क्षेत्रवाट जम्मा २०,५७४ मत, ६९.०२% मत प्राप्त गरेका छन् भने निवर्तमान मुख्यमन्त्री श्री पवन चाम्लिङज्युले आफुले चुनाउ लडेको दुई क्षेत्रवाट केवल ९,९१३ मत, अथवा ३५.७३% मत प्राप्त गर्न सक्षम बनेका छन् , यसवाट प्रष्ट हुन्छ दुई नेताबीचको भिन्नता र जनताको भरोसा,आस्था र बिस्वास कुन नेतालाई ज्यादा गर्छ । राज्यको ३२ सीट मध्येमा चार (४) सीटमा नारीहरुलाई एसकेएम पार्टीले उम्मेदवार हुने मौका दियो अनि चुनाउ जितेर आए , यो एसकेएम पार्टी र नेताले नारीप्रति उच्च सम्मान र इज्जत जनाएको सजिलै बुझ्न सकिन्छ र अहिले राज्यमा प्रथमपल्ट नारीवाट सिक्किम बिधानसभाको उपाध्यक्षको गरिमामय पदमा श्रीमती राज कुमारी थापाज्युलाई नियुक्ति दिएर सिक्किमको नारीहरुको मान र प्रतिष्ठालाई अझ उच्च स्थानमा पुर्याएको छ ।
यसैले राज्यको प्राय: जस्तो नारीहरुले सम्माननीय मुख्यमन्त्री श्रीमान पिएस गोलेज्युप्रति विस्वास र भरोसा राख्दछन् भने एसडीएफ पार्टीले २५ वर्ष राज्यमा शासन गर्दा चाम्लिङज्युले नारीहरुलाई “आधा आकाश, आधा धर्ती” भन्ने गर्थे तर २०२४ को चुनाउमा एकै जना पनि नारीलाई एसडीएफ पार्टीले उम्मेदवार नदिएर नारीहरुलाई हेप्नुसम्म हेपेपछि सिक्किमेली नारीहरुले पनि प्रतिशोधको भावना लिएर भोट खामराङ – खुमरुङ एसकेएम पार्टीको चुनाउ चिन्ह टेबल ल्यापमा छाप लगाएर एसकेएम पार्टीलाई प्रचण्ड बहुमत दिलाएर दह्रो सरकार बनाएर सत्तामा पुर्याएका छन् । एसकेएम पार्टीले केन्द्रको भाजपा (एनडीए) सरकारलाई सहयोग गर्नुको साथै श्री नरेन्द्र मोदीज्युलाई प्रधानमन्त्रीको रुपमा समर्थन गर्ने एसकेएम पार्टीको बिधायक दलको सभाले प्रस्ताव पारित गर्यो,” सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले भारतीय जनता पार्टी (भाजपा) को संसदीय दलका नेता नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको रूपमा समर्थन जनाएको छ । एसकेएमले देशको बिकास र समृद्धिका लागि राष्ट्रिय जनातान्त्रिक गठबन्धन (एनडीए) प्रति आफ्नो पुर्ण समर्थन रहेको बताएको छ । मुख्यमन्त्रीको सरकारी आवास मिन्तोगाङमा आज आयोजित एसकेएम पार्टीको बिधायक दलको बैठकमा उक्त निर्णय लिइएको हो । ” ( हाम्रो प्रजाशक्ति दैनिक,०८ जुन २०२४) । नर्थईस्ट लाईभ टिभी च्यानलका सिक्किम ब्युरो चिफ प्रकाश अधिकारीज्युले २०२४ को चुनाउमा एसडीएफ पार्टीको शर्मनाक हारको मुख्य कारणहरु के – के हुन् भनेर आफ्नो लेख ” एसकेएम पार्टीको जीत र एसडीएफको हारको कारणहरु” मा यसरी केलाएर लेख्नु हुन्छ,” विपक्षीमा रहेको एसडीएफ पार्टीले जसरी जनतामा गएर विपक्षीको भूमिका निर्वाह गर्नु पर्थ्यो, त्यसमा पुनः रूपमा एसडीएफ पार्टी विफल बन्यो ।
२०२४ का चुनाउमा पनि एसडीएफ पार्टीले जनताका मुद्दाहरुलाई सठिकसँग जनता समक्ष राख्न नसक्नु, मिडिया संवाद बन्न विफल बन्नु, एकचोटि सत्ताच्युत भएको सरकार फर्केर आउँदैन भन्ने आख्यानलाई तोडन नसक्नु एसडीएफ पार्टीको हारका कारणहरु हुन् । अर्को मुख्य कारण भनेको पार्टीले आत्मलोचना नगरेर पार्टी भित्रै नेतृत्वको परिवर्तन गर्न नसक्नु नै मुख्य कारण रहेको छ ।” त्यसरी नै एसकेएम पार्टीले आफ्नो पक्षमा सत्ता हत्याउनु कसरी सफल बनेको थियो भन्नेमा अझ अघि अधिकारीज्यु लेख्नु हुन्छ,” जातिगत रूपमा विभाजित सिक्किमे समाजलाई सिङ्गो सिक्किमे समाजका रूपमा प्रतिष्ठित गर्न सफल बन्नु एसकेएम पार्टीको ठुलो जीतको आधार बनेको छ ।
एसकेएम पार्टीले अंगिकार गरेको समावेसी कार्यक्रम पनि जीतको एक खुड्किला रहेको देखाएका छन् भने विशेष एसकेएम पार्टीलाई जीत दिलाउने र जनताको मन जित्ने कारण यस्तो देखाएका छन् ,” एसकेएम पार्टी अध्यक्ष तथा मुख्यमन्त्री प्रेम सिंह तामाङले पाँच वर्षसम्म जसरी जनतासँग सोझो संवाद गरेर जनताका समस्याहरु हल गर्ने जुन प्रयास गरे, त्यो पनि एसकेएम पार्टीको जीतको अर्को एउटा कारण हो ।” ( हाम्रो प्रजाशक्ति दैनिक, १०जुन २०२४)
अब एसकेएम पार्टीको सरकार “सुखी सिक्किम, समृद्ध सिक्किम” को नारा लिएर अघि बडेको छ, १०१९ को सरकारमा सामान्य बहुमत लिएर पनि अति सफल रुपमा सरकार सर्चालन गरेर हरेक पक्षमा जनतालाई न्याय दिलाएको थियो भने २०२४ को चुनाउमा सिक्किमेली जनताले अत्याधिक मत दिलाएर पुर्ण बहुमतको सरकार स्थापित गरेका छन् यो जनताले लगाएको गुणलाई एसकेएम पार्टीको तल्लोस्तर देखि माथिल्लोस्तरका नेताहरुले कहिले भुल्ने छैनन् अनि कदाचित भुल्नु पनि हुन्दैन ।
(बिरेन्द्र तामलिंग, सत्तारूढ़ दल सिक्किम क्रान्तिकारी मोर्चा पार्टी उपाध्यक्ष (प्रभारी) प्रचार–प्रसार प्रभाग हुन् )
यो लेख र विचार लेखकका नीजि बिचारहुन् ।-सम्पादक