दमकमा तिहारमा पटका आंतक !
बिष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा गतबर्षहरुभन्दा यो बर्ष धेरै नै पट्का आंतक भएको छ । एकसाता अघिदेखि नै दमकमा विहान जुरुक्कै उठेदेखि राती अबेरसम्म पटका आंतक कायम रहेको छ । खुद्रा पसलदेखि मार्टहरुसम्म सहजै रुपमा पट्काहरु पाईने गरेको छ ।
सामान्य पटकाको पनि ५० रुपिया पर्दो रहेछ, दमक ६ का रमेश तिवारीले भने । नानीबाबुहरु पटका चाहियो भनेपछि किन्दीनै पर्यो तर धेरै महगो लिदा रहेछन्, उनले भने । सबैले पटकाएपछि पटकाउन उनिहरुलाई पनि रहर जागेको होला, उनले थपे ।
दमकमा पट्का पड्काउने क्रममा एक बालक घाईते पनि बनेका थिए । छठसम्म पटकाका कारण सुत्न नपाईने चिन्ताले दमकबासीलाई सताउन थालेको छ ।