२०८१ मंसिर २९, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता १ महिना अगाडि

विराटनगर । कोशी प्रदेश सरकार सञ्चालनलाई प्रभावकारी बनाउन काँग्रेस र एमालेले दुई दलीय संयन्त्र बनाएका छन् । दुई दलीय संयन्त्रले आज पत्रकार सम्मेलन गर्दै छ ।

संयन्त्रमा एमालेका चार तथा काँग्रेसका दुई जना नेता सहभागी छन् । संयन्त्रमा नेकपा एमालेबाट संस्थापक मुख्यमन्त्री शेरधन राई, मुख्यमन्त्री हिक्मत कार्की, र नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, तथा काँग्रेसका तर्फबाट संसदीय दलका नेता तथा कोशी प्रदेश सभापति उद्धव थापा, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई रहनु भएको छ ।