झापाको कोटीहोम क्षेत्र तनावग्रस्त
दमक/ झापाको कन्काई नगरपालिकामा आज भएको गौहत्याको बिरोधमा भएको विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ । केहीबेर अघि कन्काइ खोला नजिक कोटीहोमा भएको प्रदर्शनमा प्रहरीले अश्रूग्याँस प्रयोग भएको छ ।
प्रहरीले लाठी जार्च गर्दा केही धार्मिक अगुवाहरु घाईते भएको जनाईएको छ । घटनापछि दोषीमाथि कार्वाहीको माग गर्दै कन्काईको सुरुङ्गामा विरोध प्रदर्शन र चक्काजाम समेत भएको थियो । कन्काई –३ स्थित टप्पु बस्ने पूर्णप्रसाद फुयाँलको गोठमा बाँधेको लीलाप्रसाद सिलवालको पहिलो बेते लैनो गाई चोरी भएको थियो ।पछि गाई काटिएको पुष्टि भएको थियो ।