प्याप्सन दमकको बृहत सास्कृतिक कार्यक्रमको तयारी पुरा
दमक/प्याप्सन दमकले सोमबार र मंगलवार झापाको दमकमा आयोजना गर्ने बृहत सास्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सास्कृतिक कार्यक्रमको उद्घाटन गर्ने प्याप्सन दमकका अध्यक्ष नबिन योगीले बताएकाछन् । स्टेज निर्माण लगायतका आवश्यक तयारी पुरा भएको छ ।
सास्कृतिक कार्यक्रमसंगै समाजमा बिभिन्न क्षेत्रमा बिशिष्ट योगदान दिएकाहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको योगीले बताए । दमकको पुरानो पशुहाट अर्थात बसपार्क नजिकै नयाँ ट्याक्सी स्टेण्डमा कार्यक्रम हुनेछ । २ हजार बिद्यार्थी प्रतिस्पर्धि रहने र कम्तिमा १५ हजारले सास्कृतिक कार्यक्रमको अवलोकन गर्ने प्याप्सन दमकका अध्यक्ष योगीले बताए ।
योगी सहितको नयाँ नेतृत्व निर्वाचित भएपछिको यो पहिलो ठुलो कार्यक्रम हो । प्याप्सनले बर्षेनी गर्ने यस प्रकारको सास्कृतिक कार्यक्रमलाई धेरै नै महत्व दिने गरेको छ । बिद्यार्थीहरुको क्षमता बाहिर ल्याउनका लागि यो कार्यक्रम प्रभावकारी बनेको प्याप्सन दमकका निवर्तमान अध्यक्ष जनार्दन मैनालीले बताए ।
आधुनिक र सास्कृतिक गरेर दूई किसिमले नृत्य प्रतियोगिता राखिएकाछन् । गायन र नृत्यमा तहगत रुपमा प्रतिस्पर्धा हुनेछ । यहाँ उत्कृष्ठ भएका नृत्य/गायनहरु जिल्लास्तरीय कार्यक्रममा सहभागि हुनेछन् । प्याप्सनमा दमकका ५६ वटा नीजि बिद्यालय आवद्धछन् ।