२०८१ माघ २९, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ महिना अगाडि

बिष्णुप्रसाद पोखरेल

मैले जे देखे त्यहि लेखेँ

दमक, झापाको दमक फराकिलो सडकहरुले परिचित रहेको छ । पछिल्लो समयमा ड्रेन सहितका सडकहरु बनिरहेकाछन् । अझ रेलिङबार सहितका सडकहरुका कारण दमकको सुन्दरतालाई थप सुन्दर बनाएको छ । पछिल्लो समयमा सडक पेटीहरु हरित बन्दैछन् । हरित नगरको परिकल्पना अनुसार यो एउटा सहनीय काम हो । दमकको फरक पहिचानको शुरुवात पनि हो ।

पछिल्लो केही समयदेखि दमकको ड्रेन अर्थात ढलहरुको स्तरउन्नती भइरहेको ठाँउठाँउमा देखिन्छ । ढलको उचाई बढाउने र त्यसमाथि ब्यवस्थित फुटपाथ बनाइरहेको देखिन्छ । यो एउटा राम्रो पक्ष हो तर यो कस्तो बन्दैछ ? कति गुणस्तरीय बन्दैछ ? लगानी बालुवामा पानी त भइरहेको छैन ? यस बिषयमा चासो जानु जरुरी रहेको छ । स्थानीय सरकारको मात्र नभएर आम उपभोक्ताको पनि चासो यसमा जान आवश्यक छ ।

दमकको वडा नं.६ मा लाईफलाइनको पूर्वपट्टीदेखि लिएर रातो पुलसम्म अहिले ढलको स्तरउन्नती भइरहेको छ । ढलको उचाई बढाईदै गएको देखिन्छ । पक्कै पनि शहरीकरण भएसंगै ढल निकासको प्रवन्धलाई मजबुद बनाउनु पर्छ । तर एउटा सर्वसाधरणको आँखाबाट हेर्दा यहाँको काममा प्रश्न उठाउने अवस्था देखिएको छ । पुरानो ढकनी नहटाई त्यहि माथि छत लगाउने तथा बाक्लो ढलाई गरेको देखिन्छ । पुराना मकिएको संरचनामाथि थप मजबुद संरचनाले थिच्दा कस्तो होला ? ढलको उचाई बढाउने तर पुरानै ढकनीमाथि झिक्न नमिल्न गरी र खोल्न नमिल्ने गरी थप ढलाई गर्दा के होला ? यो प्राविधिक हिसावले गर्न मिल्ला ? यो प्रश्न उब्जिएको छ ।

यस बिषयमा नगरपालिकाको र नगरपालिकाका प्राविधिकहरुको राय के छ ? केही प्राविधिकहरुले यो गर्न नमिल्ने बताएकाछन् तर काम भइरहेको नै छ । वडाध्यक्ष टेकबहादुर थापा आफै आएर पनि यस्तो कार्य नगर्न र पुरानो ढकनी हटाएर बलियो नयाँ ढकनी बनाउनु पर्ने बताएपनि यसमा अटेर भइरहेको देखिन्छ । अहिले बनेको संरचना लामो समय टिक्नु पर्छ भन्ने लाग्छ । अर्को भोली ढल जाम हुँदा ढकनी खोलेर सफाई गर्नु पर्ला सिधै खोल्न नमिल्ने गरी ढलाई गर्न मिल्छ । तल ढलाई गर्ने र माथि ढकनी बनाएको देखाउन थालिएको छ ।

यस बिषयमा नगरपालिकाको ध्यान जान जरुरी छ । आम उपभोक्ताको ध्यान जानु जरुरी छ । सरचना बनिसकेपछि त्यसलाई भत्काउन र फेरी बनाउन समस्या आउन सक्छ । समयमा नै यस्तो कार्यको बिषयमा ध्यान जान आवश्यक छ भन्ने लाग्छ । प्राविधिक हिसावले यो कत्तिको जायज छ ? नगरपालिका तथा स्थानीय सरकारको जवाफ आओस । मैले जे देखे त्यही लेखे ।