होशियार बनौ-दमकमा बस्ति आसपास हात्ती प्रवेस

दमक/झापाको दमक ३ शान्ति चोक आसपासमा हात्ती प्रवेस गरेको छ । बस्तिमा हात्ती प्रवेस गरेपछि शतर्क हुन आग्रह गरिएको छ । केही समय यता दमक, कमल, शिवसताक्षी लगायतका पालिकाहरुमा बस्तिमा दिनहु हात्ती प्रवेस गर्ने गरेकाछन् ।
साँझदेखि दमकको आमचोक आसपासमा हात्ती देखिएको थियो । त्यसपछि हात्तीलाई स्थानीयले खेद्न थालेको बताईएको छ । पछिल्लो समयमा दमक हात्तीबाट धेरै नै प्रभावित बन्दै गएको छ ।