२०८१ माघ २९, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता १ महिना अगाडि

दमक/ कर्नरस्टोन फाउन्डेसन स्कुल, दमकले शुक्रबार फाल्गुनन्द गाउँपालिका-६, मेलबोटेमा जाडोका ज्याकेट, स्वेटर, टोपीसहित शैक्षिक सामग्री वितरण गरेको छ। कार्यक्रममा ४ देखि १४ वर्ष उमेरका विद्यार्थी र महिलालगायत १०० जना लक्षित वर्गलाई सहयोग सामग्री प्रदान गरिएको हो। फाउन्डेसनले सामाजिक उत्तरदायित्व अन्तरगत विगतका वर्षदेखि नियमित रूपमा यस्ता कार्यहरू गर्दै आएको छ।

स्कुलका संस्थापक युवराज गजमेरका अनुसार, गत वर्ष पनि पाँचथरको याङवरक गाउँपालिका र जाजरकोटका भूकम्प प्रभावित क्षेत्रहरूमा सहयोग प्रदान गरिएको थियो। यसपटकको कार्यक्रमले जाडो मौसममा विद्यार्थी र महिलालाई राहत प्रदान गर्दै शैक्षिक प्रोत्साहनको महत्त्वलाई समेत उजागर गरेको छ।

स्थानीयहरूको प्रशंसा

स्थानीय बासिन्दाले कर्नरस्टोन फाउन्डेसन स्कुलको यस प्रयासको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यहरू गर्न निरन्तरता दिन आग्रह गरेका छन्। फाउन्डेसनका संस्थापकले आगामी दिनमा थप क्षेत्रहरूमा समेत सहयोग कार्यक्रम विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन्। यस प्रकारका सामाजिक कार्यहरूले स्थानीय समुदायमा सकारात्मक प्रभाव पारेको आयोजकको विश्वास छ।