साढे ३५ बर्ष लामो सरकारी शिक्षण पेशाबाट अलग हुनुभयो ‘कृष्ण सर’

दमक/झापाको दमकमा लामो समयदेखि शिक्षण पेशामा लाग्नु भएका कृष्ण भण्डारीले सरकारी शिक्षणबाट अवकाश पाउनु भएको छ । उहाँले ३५ बर्ष ५ महिना ३ दिन शिक्षण पेशामा रहेर उहाँले अवकाश पाउनु भएको हो । दमकको ढुकुरपानी माविबाट उहाँको अवकाश भएको हो ।
३० बर्ष २ महिना ३ दिनको स्थायी सेवा र ५ बर्ष ३ महिनाको अस्थायी समेत जम्मा ३५ बर्ष ५ महिना ३ दिनको शिक्षा सेवाबाट उहाँले अवकाश पाउनु भएको छ । पछिल्लो समयमा उहाँले ढकुरपानीलाई नमुना बिद्यालय बनाउनु भएको थियो ।
भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ-
३० बर्ष २ महिना ३ दिनको स्थायी सेवा र ५ बर्ष ३ महिनाको अस्थायी समेत जम्मा ३५ बर्ष ५ महिना ३ दिनको शिक्षा सेवामा रहि आजदेखि औपचारिक रुपमा सेवा समाप्त गरियो ।
मेरो सेवा कालमा मलाई सहयोग तथा हौसला प्रदान गर्नुहुने शिक्षा कार्यालय झापाका जिशिअ तथा अधिकृत सरहरु,विभिन्न स्रोतकेन्द्रका स्रोतब्यक्ति मित्रहरु दमक तथा शिवसताक्षी नपाका प्रधानाध्यापक एवम् शिक्षक साथिहरु, सालवास मावि एवम मच्छिन्द्र मावि धादिङ र श्री ढुकुरपानी मावि दमक लगायतका सबै शुभचिन्तक मित्र हरु प्रती आभार प्रकट गर्दछु ।