दमकका सुन्दर सडक बने कुरुप ! हुँदैछ यस्तो हरिविजोग

दमक/ झापाको दमक नगरपालिका वडा नं. ५ र ६ को सीमा भृकुटीचोक हुँदै सगरमाथा पेट्रोलपम्प जानेबाटो लामो रस्साकस्सी पछि नमुना बनेको थियो । बनाउन नै लामो समय लागेको थियो । तर ढिला बनेपनि राम्रो बनेको थियो ।
पछिल्लो केही दिनयता यो सडक भत्काएर कन्तबिजोग बनाईएको छ । ढल योजना अन्र्तगत भत्काईएको सडकमा शनिवार साँझ एउटा टिपर सडकमा फस्यो । हरि ओम कोलेनी छिर्ने प्रवेसद्धारमा नै टिपर फसेको हो ।