दमक बहुमुखी क्याम्पसमा अध्यक्ष पदका लागि ८ जनाको उम्मेद्वारी

दमक/ चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनका लागि झापाका क्याम्पसहरूमा दलबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ । जिल्लाका क्याम्पसहरूमा अध्यक्ष पदका लागि ८ जनासम्मले उम्मेदवारी दिएका छन् ।
सबैभन्दा धेरै दमक बहुमुखी क्याम्पसमा अध्यक्ष पदका लागि ८ जनाले उम्मेदवारी दिएका हुन् । निशम अधिकारी– अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन , दीपक लिम्बू– स्वतन्त्र , पर्वत बस्नेत–स्वतन्त्र , पेमा डोल्मा तामाङ– अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), प्रविना भट्टराई– अखिल समाजवादी , भूपेन्द्र बस्नेत (भुवन)–स्वतन्त्र , रश्मि उप्रेती– हामी स्वतन्त्र छौ समूह र सायण साम्पाङ राईले नेपाल विद्यार्थी संघबाट उम्मेदवारी दिएका छन् ।
दमक बहुमुखी क्याम्पसमा अध्यक्षका ८ उम्मेदवारसहित ३३ जनाले उम्मेदवारी दिएका छन् । दमकमा ३७०२ जना विद्यार्थी मतदाता रहेको जनाइएको छ ।
दमकपछि कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा ७ जनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । नेपाल विद्यार्थी संघबाट वासुदेव निरौला , राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट कुशल भट्टराई , अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनबाट सुनिराम मुर्मूृ , अर्को अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनबाट उत्तम लोहार , अखिल क्रान्तिकारीबाट अनुप भण्डारी , स्वतन्त्रबाट बिट्टु शाह र मनोज तिम्सिनाले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । त्यहाँ अध्यक्षका ७ सहित जम्मा ३७ जनाले उम्मेदवारी दिएका छन् । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा १०९१ जना मतदाता रहेका छन् ।