२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता १ वर्ष अगाडि

दमक/ नेपाली महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित वायोपिक चलचित्र ‘अन्जिला’ । हेर्नेहरु भावुक बन्दै चलचित्र घरबाट निस्कने गरेको पाईएको छ । झापाको दमकमा रहेको दमक महलमा रहेको डि म्याक्स सिनेमा हलमा चलचित्र हेर्नेहरु हलभित्र सुक्कसुक्क गरेको र बाहिर निस्कदा आँशु पुस्दै गरेको देखिन्थ्यो ।

यो चलचित्र नेपाली खेलकुद क्षेत्रमा महिला खेलाडीहरूले गर्ने संघर्ष, त्याग, र सफलताको कथा प्रस्तुत गर्ने महत्त्वपूर्ण प्रयास  रहेको पाइन्छ । ग्रामिण क्षेत्रको जनजिवन र महिलालाई खेलाडी बन्न हुने चुनौती यसमा समावेश छ । चलचित्र राम्रैसंग चलिरहेको र दर्शकको राम्रो प्रतिक्रिया पाईएको डिम्याक्स सिनेमा दमकका म्यानेजर बुद्धि पाण्डेले बताए ।

चलचित्र ‘अन्जिला’ को कथा

चलचित्र ‘अन्जिला’ ले मुख्यतः एन्जिला तुम्बापो सुब्बाको जीवन यात्रा, संघर्ष, चुनौती, र फुटबल खेलमा उनले प्राप्त गरेको सफलता चित्रण गर्छ। उनी पूर्वी नेपालको लिम्बू समुदायकी हुन् र सानै उमेरदेखि फुटबलप्रति आकर्षित थिइन्। कठिनाइका बाबजुद उनले नेपाली राष्ट्रिय महिला फुटबल टिमको कप्तानसम्मको यात्रा तय गरिन्। चलचित्रमा उनको पारिवारिक अवस्था, समाजबाट आएका चुनौती, खेल क्षेत्रमा उनले भोगेका संघर्षहरू, र उनको दृढ इच्छाशक्तिको कथालाई समेटिएको छ।

डिम्याक्स सिनेमामा एन्जिला आउदै

यसैबीच चलचित्रकी मुख्य आकर्षण तथा कलाकार फुटवलर नेपाली महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा आईतवार साढे २ बजे दमकस्थित दमक महलको डिम्याक्समा दर्शकसंग चलचित्र हेर्न आउने कार्यक्रम तय भएको दमक महलका सञ्चालक समेत रहेका डिम्याक्स सिनेमाका सञ्चालक रेवत बस्नेतले बताएकाछन् ।